Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आईपीएलमा बेंगलुरुको प्लेअफ सम्भावना जीवितै, दिल्ली क्यापिटल्सलाई झड्का

- shuvadmin / सोमबार, बैशाख ३१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, रोयल च्यालेन्जर्स बेंगलुरुले भारतमा जारी इण्डियन प्रिमियर लिग ( आइपीएल ) २०२४ मा प्लेअफ सम्भावना जीवितै राखेको छ ।

गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले हराउँदै बेंगलुरुले प्लेअफ सम्भावना जीवितै राखेको हो ।

प्लेअफ सम्भावना बलियो बनाउने मौका पाएको दिल्ली भने चुक्यो ।

आफ्नो १३औँ खेलमा बेंगलुरुले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १ सय ४० रनमै अलआउट भयो ।

उसका लागि अक्षर पटेलले ५७, शाई होपले २९, ज्याकफ्रेजर म्याकगुर्कले २१ र रशिख सलामले १० रन बनाए ।

बेंगलुरुका लागि यश दयालले तीन, लकी फर्गुसनले दुई, मोहम्मद सिराज, स्वपनिल सिंह र क्यामरुन ग्रीनले एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनायो ।

उसका लागि रजत पाटिदारले ५२, विल ज्याक्सले ४१, क्यामरन ग्रीनले अविजित ३२, विराट कोहलीले २७ र महिपाल लोमरोरले १३ रन बनाए ।

दिल्लीका लागि खलील अहमद र रशिख सलामले दुईरदुई तथा इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एकरएक विकेट लिए ।

यो जीतपछि बेंगलुरु अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसले १३ खेलबाट १२ अंक जोडेको छ ।

बेंगलुरुसँगको हारपछि दिल्ली छैटौँ स्थानमा झरेको छ । उसले पनि १३ खेलबाट १२ अंक नै जोडेको छ ।

Page Views: 63
संबन्धित शिर्षकहरु
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama