Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, बैशाख ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आयोगमा दर्ता भएका १२४ दलको सूची सार्वजनिक, बामदेव र विप्लव समूहका नेता बुढाथोकीको दल कायमै

- shuvadmin / शनिबार, कार्तिक ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता मिति, प्रमुख पदाधिकारी र तिनका निर्वाचन चिन्हसमेत समावेश गरिएको छ ।

सूचीको पहिलो स्थानमा नेपाल मजदूर किसान पार्टी रहेको छ, जसको अध्यक्ष नारायणमान बिजुक्छे र चिन्ह मादल हो ।

दोस्रो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) परेको छ, जसका महासचिव चन्द्रप्रकाश (सीपी) मैनाली हुन् र चिन्ह हँसिया र तारा हो ।

तेस्रोमा गान्धीवादी पार्टी नेपाल (अध्यक्ष लालबहादुर राना, चिन्ह भेडा) र चौथोमा नागरिक शक्ति, नेपाल (अध्यक्ष देवप्रकाश त्रिपाठी, चिन्ह त्रिशुल) रहेका छन् ।

पाँचौँ नम्बरमा युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी दर्ता भएको छ, जसको अध्यक्ष मुस्कान पौडेल र चिन्ह पुरुष हो ।

राष्ट्रिय राजनीति निर्धारण गर्ने ठूला दल पनि आयोगको अद्यावधिक सूचीमा क्रमशः समावेश छन् ।

नेकपा (एमाले) २३औँ नम्बरमा छ, जसको अध्यक्ष केपी शर्मा ओली र चिन्ह सूर्य हो ।

२५औँ नम्बरमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिन्ह गोलाकारभित्र हँसिया–हथौडा रहेको छ ।

नेपाली काँग्रेस २६औँ नम्बरमा दर्ता छ, सभापति शेरबहादुर देउवा र चिन्ह रुख हो । यस्तै राष्ट्रिय जनमोर्चा २७औँ नम्बरमा छ, अध्यक्ष चित्रबहादुर केसी र चिन्ह गिलास हो ।

समकालीन राजनीतिक धारका नयाँ दल पनि आयोगको सूचीमा छन् ।

विवेकशील साझा पार्टी (अध्यक्ष समिक्षा बास्कोटा, चिन्ह तराजु) ६८औँ नम्बरमा, जनमत पार्टी (अध्यक्ष डा.चन्द्रकान्त राउत, चिन्ह लाउडस्पिकर) ७५औँ नम्बरमा, नेकपा (एकीकृत समाजवादी) (अध्यक्ष माधवकुमार नेपाल, चिन्ह कलम) ८८औँमा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (अध्यक्ष महन्थ ठाकुर, चिन्ह साइकल) ८९औँमा रहेका छन् ।

नेतृत्व परिवर्तन र फुटपछिका दल पनि दर्ता कायम छन् । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी विप्लव समूहसँग आवद्ध भएपनि पार्टी आयोगमा कायम छ ।

त्यस्तै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एस)मा समाहित भइसके पनि उनको पार्टी दर्ता सूचीमै रहेको छ ।

त्यसबाहेक आम जनता पार्टी (अध्यक्ष प्रभु शाह, चिन्ह मोबाइल), जनता प्रगतिशील पार्टी नेपाल (अध्यक्ष हृदयेश त्रिपाठी, चिन्ह कोदालो बोकेको किसान), नागरिक उन्मुक्ति पार्टी (अध्यक्ष रन्जिता श्रेष्ठ, चिन्ह ढकिया), नेपाल समाजवादी पार्टी (अध्यक्ष डा.बाबुराम भट्टराई, चिन्ह खुलेको आँखा) र राष्ट्रिय स्वतन्त्र पार्टी (अध्यक्ष रवि लामिछाने, चिन्ह घण्टी) पनि अद्यावधिक सूचीमा छन् ।

नयाँ दल मध्ये जनता समाजवादी पार्टी (अध्यक्ष अशोककुमार राई) र राष्ट्रिय मुक्ति पार्टी नेपाल (अध्यक्ष राजेन्द्र महतो, चिन्ह ग्यास सिलिन्डर) पनि हालै दर्ता भएका हुन् ।

अन्तिम अर्थात् १२४औँ नम्बरमा जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टी २०८२ असोज २८ मा दर्ता भएको छ, जसको अध्यक्ष दीपककुमार साह छन् ।

यी सबै दल निर्वाचन आयोगमा दर्ता भइसकेकाले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउने योग्यता राख्छन् ।

तर, आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता र नवीकरण प्रक्रियामा सहभागी हुनुपर्ने कानूनी प्रावधान भने यथावत् रहन्छ ।

Page Views: 33
संबन्धित शिर्षकहरु
रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
केहि भागमा आंशिक बादलसहित पानी पर्ने
आगलागीमा करोडाैंको क्षति
ताजा अपडेट
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama