Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राज्य प्रणाली ध्वस्त गर्न भदौ २४ गते ‘ग्र्यान्ड डिजाइन’ भयो : कावा सभापति खड्का

- shuvadmin / सोमबार, कार्तिक ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जेनजी आन्दोलन हाइज्याक गरेर भदौ २४ गते राज्य प्रणालीमाथि हमला भएको बताएका छन् ।

ग्र्यान्ड डिजाइनमार्फत कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि हमला भएको उनको भनाइ थियो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले डिजाइनमै देशलाई ४ घण्टामा ध्वस्त गरिएको बताएका हुन् ।

‘जेनजी युवाकै अगुवाको भनाइमा आन्दोलनमा घुसपैठ भएर २४ गते ४ घण्टामा ठूलो ध्वंस र क्षति भयो ।

कार्यपालिका, व्यवस्थापिका र न्यायालयमाथि अर्थात् राज्य प्रणालीमाथि ठूलो आक्रमण भयो,’ खड्काले भने, ‘राजनीतिक दलका पार्टी कार्यालय खरानी बनाइए ।

देशको राज्य प्रणालीमाथि ग्र्यान्ड डिजाइन भयो, ठूलो तयारी साथ शान्तिपूर्ण आन्दोलन हाइ ज्याक गरेर देशलाई प्रतिकूल अवस्थामा पुर्‍याइयो ।’

विगतमा तात्कालीन कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाले ‘ग्र्यान्ड डिजाइन’ भन्ने गरेका थिए ।

खड्काले कोइरालाको त्यही शब्द सापटी लिएर राज्य संयन्त्रमाथि ध्वंस भएको बताए ।

गणतन्त्र र संविधान जोगाउन राष्ट्रपति रामचन्द्र पौडेलले जलेको शीतल निवासको आँगनमा बसेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको खड्काले बताए ।

उनले देशलाई निकास दिनका लागि कांग्रेसले मियोको काम गर्ने उल्लेख गरे । ‘संविधान, लोकतन्त्र र नेपाली नागरिकको रक्षाका लागि समर्पित हुन्छौं ।

विगतका सबै कुराको निर्मम समीक्षा गर्दै, २४ को घटनाले दिएका सन्देशको समीक्षा गर्दै कहाँ-कहाँ के कुरा कारक भए ? त्यो समीक्षा र स्वीकारोक्तिको जगमा कांग्रेसले केन्द्रीय बैठकबाट निर्णय गर्छौं,’ खड्काले भने ।

Page Views: 70
संबन्धित शिर्षकहरु
इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
ताजा अपडेट
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
  • पृथ्वी राजमार्गकाे वैकल्पिक मार्गमा यातयात सञ्चालनमा राेक
  • आज सार्वजनिक बिदा
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama