Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उपचारका लागि देउवा दम्पती गए सिंगापुर

- shuvadmin / मङ्गलबार, कार्तिक १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जेनजी आन्दोलनमा कुटपिटबाट सख्त घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा थप उपचारका लागि सोमबार राति सिंगापुर जाँदै छन्।

राति ११ बजेको उडानका लागि देउवा दम्पती समयमै विमानस्थल पुगेका थिए। ‘उहाँहरुले कुनै भिआइपी सुविधा लिनुभएन,’ विमानस्थलका एक सुरक्षा अधिकारीले भने।

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी राणा सर्वसाधारण हिँड्ने बाटो प्रयोग गरेर विमानस्थलको यात्रु कक्षमा पुगेका थिए।

सरकारले पासपोर्ट रोक्का नगरे पनि कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारी अधिकारीलाई देउवा उपचारका लागि सिंगापुर जानेबारे जानकारी दिएका थिए।

प्रधानमन्त्री कार्कीसहित सरकारी अधिकारीहरूले देउवा दम्पतीलाई उपचारका लागि सिंगापुर जान अनुमति दिएका हुन्।

विमानस्थलमा देउवा दम्पतीलाई बिदाइ गर्न कांग्रेस कार्यबाहक सभापति खड्का र देउवाका केही सहयोगीहरू पुगेका थिए।

भदौ २३ गते भएको जेनजी आन्दोलनमा एकै दिन १९ जना युवाको मृत्यु भएपछि भोलिपल्ट भड्केको हिंसात्मक आन्दोलनमा देउवा दम्पतीमाथि निवासमै सांघातिक आक्रमण भएको थियो।

देउवाको टाउकोमा १२ टाँका लगाइएको थियो। आरजुमाथि पनि निर्घात कुटपिट भएको थियो।

बुढानिलकण्ठस्थित निवासबाट उद्धार गरेर उनीहरुलाई सैनिक अस्पतालमा लगेर उपचार गरिएको थियो।

झण्डै तीन हप्ता अस्पताल बसेपछि उनीहरु अस्थायी आवासमा फर्किएका थिए।

Page Views: 115
संबन्धित शिर्षकहरु
इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
ताजा अपडेट
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
  • पृथ्वी राजमार्गकाे वैकल्पिक मार्गमा यातयात सञ्चालनमा राेक
  • आज सार्वजनिक बिदा
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama