Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बाढी–पहिरोका कारण देशका मुख्य राजमार्गहरू अवरुद्ध, मेची र तमोर करिडोर ठप्प

- shuvadmin / शुक्रबार, कार्तिक १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गसहित विभिन्न स्थानका सडकहरू अवरुद्ध भएका छन्।

पहिरो खस्ने र सडक दबिने क्रम बढेपछि मेची राजमार्गको इलाम खण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

गत असोज १७ र १८ गतेको झरीले क्षतिग्रस्त भई राजदुवाली क्षेत्रमा खोलिएको नयाँ ट्र्याक लगातार दबिने र भासिने क्रम जारी छ।

वैकल्पिक रूपमा प्रयोगमा ल्याइएको तिल्केनी–सिमलगोलाई सडकमा समेत ठाउँ–ठाउँमा पहिरो खसेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

बाढी र पहिरोको जोखिम बढेको भन्दै इलाम प्रशासनले बिहीबार साँझदेखि नै यो सडकमा सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको छ। रातभरको पानीले सडकमा थप क्षति पुगेको छ।

सुनसरीको धरानबाट धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोर पनि बाढीका कारण अवरुद्ध भएको छ।

तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा पानीको बहाव अत्यधिक बढेका कारण यस खण्डमा सवारी साधन चल्न सकेका छैनन्।

यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न वा मौसममा सुधार नआएसम्म यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ।

Page Views: 100
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama