Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झापाको खजुरगाछी बजारमा भीषण आगलागी

- shuvadmin / शुक्रबार, कार्तिक १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

झापा, झापाको गौरीगञ्ज गाउँपालिका-६ स्थित खजुरगाछी बजारमा गएराति भीषण आगलागी हुँदा करोडौं रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

गएराति करिब १० बजेतिर बजारमा रहेको चन्द्र नायकको होलसेल किराना पसलबाट विद्युत् सर्ट भई अचानक आगो सल्किएको थियो।

उक्त आगलागीका कारण नायकको पसल र सोसँगै जोडिएको घर पूर्णरुपमा जलेर नष्ट भएका छन्।

टिनको छाना र सेन्ट्रीबेरा गरिएको नायकको एकतले तीन कोठे पसल र पसलभित्रका सम्पूर्ण सरसामान जल्दा ठूलो क्षति भएको छ।

यसका साथै, सोही आगलागीले नजिकै रहेको राजेन्द्र ढकालको दुई तले आठ कोठे घर (ईटाको गारो र टिनको छाना भएको) पनि जलेर नष्ट भएको छ।

यस घटनाबाट बजार नजिकै रहेको त्रिभुवन आदर्श पुस्तकालयमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

आगलागीको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा २५ जनाको टोली र प्रस्तावित सीमा सुरक्षा गुल्म फत्तेपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठको कमान्डमा १८ जनाको टोली घटनास्थलमा खटिएको थियो।

गौरादह, शिवसतासी र कमलका दमकल तथा स्थानीयवासीको सक्रिय सहयोगमा राति १२ बजे उक्त आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो।

प्रहरी निरीक्षक खड्काका अनुसार, आगलागीबाट भएको क्षतिको यकिन विवरण निकाल्ने काम भइरहेको छ।

Page Views: 65
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama