Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाले एकै परिवारका तीन जनाको मृत्यु

- shuvadmin / आइतबार, कार्तिक १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सप्तरी, सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका सदस्यका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन् । उनीहरुको हप्तादिनको फरकमा मृत्यु भएको हो ।

स्थानीय शिवशंकर सदाका अनुसार तीनै जनामा उच्च ज्वरो र लगातार झाडापखाला लाग्ने लक्षण देखिएको थियो ।

समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरूको ज्यान गएको बताइएको छ । गाउँमा हाल झाडापखालाका थप बिरामी पनि देखिन थालेका छन् ।

स्थानीयका अनुसार सो टोलमा हालसम्म १५ जनाभन्दा बढिमा झाडापखालाको लक्षण देखिएको छ ।

जसमा बुचनकी ५ वर्षीया छोरी राधिका, शिवशंकर सदाकी १० वर्षीया छोरी करिना, कृष्णा सदाकी २५ वर्षीया पत्नी लिलमदेवी, छोरीहरू तीन वर्षीया गायत्रीकुमारी र ६ वर्षीया सुगन्धाकुमारी, ६० वर्षीय बौकु सदालगायतमा झाडापखालाको लक्षण देखिएको छ ।

घटनाबारे स्थानीय सरकार र जनस्वास्थ्य निकाय अहिलेसम्म सक्रिय नदेखिएको स्थानीयको गुनासो छ ।

‘‘हामीले स्वास्थ्यकर्मी आउँछन् कि भनेर पर्खिरहेका छौँ, तर अहिलेसम्म कोही आएको छैन,’’ स्थानीय शिवशंकर सदाले बताए ।

उक्त वडाका वडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल पहल थालिएको छ ।

‘‘स्थानीय स्वास्थ्य चौकीका कर्मचारीहरूलाई औषधी र उपचारका लागि खटाइएको छ, रोग फैलिन नदिनका लागि स्थानीय सरकार सक्रिय छ,’’ उहाँले बताउनुभयो ।

स्वच्छ खानेपानी र सरसफाइको अभाव, साथै बर्खायामको फोहोर पानीका कारण रोग फैलिएको हुन सक्ने आशङ्का गरिएको छ ।

जनस्वास्थ्य विज्ञहरूले दूषित पानीको परीक्षण गर्न र प्रभावित क्षेत्रको तत्काल सरसफाइ अभियान सञ्चालन गर्न सुझाव दिएका छन् ।

Page Views: 28
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
हावाहुरीसहित वर्षाकाे सम्भावना
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama