Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महाधिवेशन विवादले बसेन कांग्रेस केन्द्रीय समिति बैठक, अब कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने

- shuvadmin / आइतबार, कार्तिक १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार पनि स्थगित भएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित गरिएको हो।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ।

पछिल्लो केही दिनदेखि कांग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै जाँदा बैठक प्रभावित हुँदै गएको हो।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन तत्काल गर्न अभियान चलाए पनि कांग्रेसको संस्थापन पक्ष भने वैशाखमा मात्र कांग्रेस महाधिवेशन गर्ने पक्षमा छ।

महामन्त्रीद्वय थापा र शर्मा भने ढिलोमा पुसभित्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका गुरूराज घिमिरेलगायत नेताहरूले शनिबार केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापतिलाई भेटेका थिए।

उनीहरूले केन्द्रीय समितिबाट तत्काल महाधिवेशन कार्यतालिका नल्याउने हो भने विशेष महाधिवेशन प्रक्रिया शुरू गर्न आग्रह गरेका थिए।

साथै विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेकाहरूले मंगलबार काठमाडौंमा भेला गर्ने भएका छन्।

Page Views: 71
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama