Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भदौ २४ गतेको अनुसन्धान गर्न सर्वोच्च र काठमाडौं जिल्ला अदालतले बुझायो जाहेरी

- shuvadmin / मङ्गलबार, कार्तिक १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भदौ २४ गते आगजनी भएको सम्बन्धमा अनुसन्धान गर्न सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको छ।

जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत शुरु गरिसकेको एसएसपी रमेश थापाले जानकारी दिए।

कात्तिक १३ गते सर्वोच्च अदालतले लेटरप्याडमै घटना सम्बन्धमा आगजनी गर्नेहरूको पहिचान गरी कारबाही गर्न भनेर जाहेरी दिएको हो।

जाहेरीमा कसैको नाम किटान भने गरिएको छैन। सर्वोच्चले जाहेरी पठाएपछि अन्य मातहत अदालतहरूमा पनि जाहेरी पठाउन पत्राचार गरिएको छ।

कात्तिक १४ गते नै जिल्ला अदालत काठमाडौंले पनि जाहेरी बुझाएको स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए।

उनका अनुसार भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी जाहेरी बुझाएको हो।

भदौ २४ गते काठमाडौंको सर्वोच्च अदालत र २२ वटा अदालतमा आगजनी तथा तोडफोड भएका थिए।

सर्वोच्च अदालतले अन्य अदालतहरूलाई पनि प्रहरी कार्यालयमा जाहेरी दिन पत्राचार गरेको छ। त्यसक्रममा अन्य अधिकांश अदालतले यही सातामा जाहेरी दिने तयारी गरिरहेका छन्।

काठमाडौंमै रहेको विशेष अदालतले भने जाहेरी बुझाइसकेको छैन। यसबारेमा सर्वोच्च अदालतसँग समन्वय भइरहेको रजिस्ट्रार वेदप्रसाद उप्रेतीले जानकारी दिए।

‘हाम्रो भवनमा पनि आगजनी भएको थियो। हामी जाहेरी दिने विषयमा सर्वोच्चसँग समन्वय गर्छौं,’ उनले भने।

भदौ २४ गतेको घटनामा सात वटा उच्च अदालतमा आगजनी तथा तोडफोड भएका छन्। ती अदालतले पनि विभिन्न विवरण संकलन गरी जाहेरी दिने तयारी भइरहेको हो।

उच्च अदालत तुलसीपुरका रजिस्ट्रार यप्रसाद बास्कोटाका अनुसार केहीदिनमै जाहेरी दिने तयारी भइरहेको छ। त्यहाँ २८ करोडको क्षति भएको छ।

अहिले उच्च अदालत आफैले भिडिओ समेत संकलन गरी बुझाउने तयारी भइरहेको रजिस्ट्रार बाँस्कोटाले बताए।

‘हामीले विभिन्न भिडिओ संकलन गरी डकुमेन्ट्री जस्तै पनि बनाउँदै छौं। एक दुई दिनमा हामी भिडिओसहित बुझाउँछौं।

त्यसो भएपछि अनुसन्धान गर्न पनि सहज हुन्छ,’ उनले भने।

काठमाडौंसहित बाँके, रूपन्देही, मोरङ, सिराहा, सप्तरी, कैलाली, कास्की, मकवानपुर, दाङ, तनहुँ, चितवन, कपिलवस्तु र सिन्धुलीमा क्षति पुगेको छ।

Page Views: 70
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama