Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

२४ भदौको विध्वंसमा संलग्न १४१ विरुद्ध मुद्दा, ३७५ जना पक्राउ

- shuvadmin / बिहिबार, कार्तिक २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जेन–जी आन्दोलनका क्रममा घुसपैठ गरी २४ भदौमा मच्चाइएको विध्वंसमा संलग्नहरूमध्ये हालसम्म ३७५ जना अभियुक्त पक्राउ परेका छन् ।

नेपाल प्रहरीका अनुसार आन्दोलनका क्रममा अपराध कर्ममा संलग्न १४१ जनाविरुद्ध विभिन्न मुद्दा दायर गरिएको छ भने अपराध कर्ममा संलग्नहरूको खोजी कार्य जारी राखिएको छ ।

प्रहरीका अनुसार आपराधिक कार्य र विध्वंसमा संलग्न भएकाहरूलाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार र हातहतियार खरखजाना शीर्षकमा मुद्दा दायर गरिएको हो ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै २१८ जना पक्राउ परेका छन् भने काठमाडांैका विभिन्न घटनामा संलग्न भएकाहरूविरुद्ध ९६ वटा मुद्दा दायर गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने र मुद्दा दायर हुनेमा कोशी प्रदेशमा ३० जना पक्राउ र ४ वटा मुद्दा दायर गरिएको छ ।

मधेसमा २१ जना पक्राउ र ६ वटा मुद्दा, वागमतीमा (उपत्यकाबाहेक) ३३ जना पक्राउ र ११ वटा मुद्दा र गण्डकी प्रदेशमा ३२ जना पक्राउ परेका छन् ।

७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, लुम्बिनी प्रदेशमा २९ जना पक्राउ, ११ वटा मुद्दा, कर्णालीमा ४ जना पक्राउ र ३ वटा मुद्दा र सुदूरपश्चिम प्रदेशमा ८ जना पक्राउ र ३ वटा मुद्दा दायर गरिएको छ ।

जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते सरकारबाट चरम दमन हुँदा सोही दिनमात्रै २१ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

त्यसको प्रतिरोधस्वरूप २४ भदौमा मुलुकमा ठूलो विध्वंस र आपराधिक घटना भएको थियो ।

सोही दिन घुसपैठ गर्नेहरूले ३ जना प्रहरीलाई कुटीकुटी हत्या गरेका थिए ।

यसै गरी राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरका रूपमा रहेका सिंहदरबार, प्रतिनिधिसभा, सर्वोच्च अदालत, अख्तियार, देशभरका प्रहरी चौकीहरू, स्थानीय तह, अन्य सरकारी कार्यालयहरू, सयौं नेताका घरहरू, पार्टी कार्यालयहरू र विभिन्न होटलहरू ध्वस्त पारिएका थिए ।

यसरी विभिन्न संरचनाहरूमा जथाभावी आगो लगाउँदा सोही आगलागीमा परी दर्जनौंको मृत्यु भएको थियो ।

भदौ २३ र २४ को घटनामा गरी जम्मा ७६ जनाले ज्यान गुमाएका थिए भने खर्बौंको क्षति हुन पुगेको थियो ।

Page Views: 31
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama