Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बत्तिसपुतलीमा कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला

- shuvadmin / बिहिबार, कार्तिक २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले भेला गरेका छन्।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार दिउँसो नियमित महाधिवेशनका पक्षले भेला राखेका हुन्।

यो भेला सभापति शेरबहादुर देउवानिकट, नेता शेखर कोइरालानिकट, पूर्वमहामन्त्री शशांक कोइरालानिकटले आयोजना गरेका हुन्।

आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन्।

२८ असोजदेखि केन्द्रीय समिति बैठक बसे पनि १५ औं महाधिवेशन कहिले गर्ने भन्नेमा केन्द्रीय समितिले निर्णय गर्न सकेको छैन।

महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी प्रस्ताव पेस गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले पनि बोल्ने क्रममा वैशाख मसान्तमा महाधिवेशन उपयुक्त हुने बताएका थिए।

आज पनि सानेपामा केन्द्रीय समिति बैठक बसिरहेको छ।

महाधिवेशन तिथिमिति घोषणा गर्न ढिलाइ भइरहेका बेला नियमित महाधिवेशन पक्षधरले आज भेला गरेका हुन्।

यसअघि विशेष महाधिवेशन पक्षधरले पनि भेला गरेका थिए।

विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएका छन्।

नियमित महाधिवेशन पक्षधरले भने विशेष महाधिवेशन गर्न नहुने बताइरहेका छन्।

Page Views: 82
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama