Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मंसिर १ गतेदेखि सर्वोच्चले सबै प्रकारका मुद्दा दर्ता र सुनुवाइ गर्ने

- shuvadmin / शुक्रबार, कार्तिक २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सर्वोच्च अदालतले मंसिर १ गतेदेखि आफ्नो सेवालाई नियमित गर्ने भएको छ।

जेनजी आन्दोलनका नाममा भदौ २४ गतेको आगजनी तथा तोडफोडका कारण आंशिक सेवा दिँदै आएको सर्वोच्चले मंसिरदेखि भने सबै सेवालाई नियमित अवस्थामा फर्काउने भएको हो।

बिहीबार बसेको फुलकोको बैठकले हालसम्म रिट निवेदन र केही अत्यावश्यक दफाहरूका निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएकोमा अब शुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्याई पाउँको निवेदन तथा पुनरावलोकनको निवेदनसहितका सबै सेवा प्रकारका मुद्दा तथा निवेदनहरूको नियमित रूपमा दर्ता एवं सुनुवाइ गर्ने भएको हो।

सर्वोच्चले आन्दोलन भएको दिन भदौ २४ गतेदेखि कार्तिक ३० गतेसम्मको अवधिलाई शून्य अविधका रुपमा गणना गर्ने भएको छ।

सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार यो अवधिलाई हदम्याद, म्याद र तारेखको रूपमा गणना गरिने छैन।

सर्वोच्चले मङ्सिर १ गतेदेखि ३० दिनसम्म हदम्याद, म्याद र तारेख थाम्न सकिने सुविधा दिने निर्णय गरेको छ।

जेनजी आन्दोलनका कारण देशभरका २३ वटा अदालतमा आगजनी भएको थियो। जसका कारण ती अदालतमा अझै काम नियमित अवस्थामा फर्किन सकेको छैन। आगजनीका कारण अर्बौ रुपैयाँको क्षति भएको छ।

Page Views: 67
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama