Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जेनजी आन्दोलनमा फिल्ड खटिएका सुरक्षाकर्मीसँग बयान लिने आयोगको तयारी

- shuvadmin / शुक्रबार, कार्तिक २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको जनधनको क्षतिबारे अनुसन्धान र कारबाहीका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले तहगत रूपमा सुरक्षाकर्मीको बयानको तयारी थालेको छ ।

घटनाको दुई दिन फिल्डमा खटिने अधिकारीहरूको विवरण प्रहरीले आंशिक रूपमा पठाएपछि जिम्मेवार व्यक्ति निक्र्योल र बयानको तयारी आयोगले थालेको हो ।

तीन सातादेखि आयोगले प्रहरीसँग घटनाका दिन फिल्डमा खटिने प्रहरी अधिकारीहरूको विवरणका लागि ताकेता गरिरहेको थियो ।

जाँचबुझ आयोगका अनुसार माग भएकामध्ये उपत्यका तथा संसद्लगायतको सुरक्षार्थ खटिएका अधिकारीको विवरण प्राप्त भएको छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले प्रहरीबाट विवरण आउने क्रम जारी रहेको बताए । शर्माले भने, “उपत्यकाभित्र र बाहिर सबै फिल्ड कमान्डरको विवरण हामीले मागेका थियौँ । क्रमशः आइरहेको छ ।

प्राप्त विवरणलाई हामी प्राथमिकीकरण गरेर थप प्रक्रिया अघि बढाउँछौँ ।” आयोगले भदौ २३ र २४ गते उपत्यका र उपत्यकाबाहिरका जिल्लामा रहेका फिल्ड कमान्डरको विवरण माग गरेको थियो ।

तीन साताअघि माग गरेको विवरण नआएपछि आयोगले बुधबार प्रहरी महानिरीक्षकलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण पत्रसमेत पठाएको थियो । पत्रपछि आयोगले केही विवरण प्राप्त गरेको हो ।

बिहीबार आयोगले उपत्यकाका विभिन्न कार्यालयमा फिल्डमा खटिने अधिकृतको विवरण पठाएको छ ।

यस्तै सङ्घीय संसद्लगायतका निकायमा सुरक्षा कमान्डरको विवरण पनि पठाएको छ । देशभरका सबै विवरण भने आयोगले पाइसकेको छैन ।

प्रहरीले यसअघि आन्दोलनका दुई दिनमा सम्पूर्ण जनशक्ति फिल्डमा रहेको जवाफ पठाएको थियो ।

फिल्ड कमान्डरको विवरण माग गर्दा जवानदेखि महानिरीक्षकसम्म फिल्डमा रहेको जवाफ पाएपछि आयोगले असन्तुष्टि जनाउँदै मागिएको विवरणका लागि पुनः पत्राचार गरेको थियो ।

आयोगले अहिलेसम्म सम्बन्धित निकायबाट क्षतिको विवरण र उजुरी लिइरहेको छ । कार्यालयहरूले क्षतिको विवरण पनि धमाधम पठाइरहेका छन् ।

यस्तै अध्यक्ष र सदस्यहरूको टोली आन्दोलनका क्रममा क्षति भएका जिल्लाको अनुगमन र अन्तर्क्रिया गरेर फर्किएका छन् ।

घटनामा संलग्न व्यक्तिहरूको बयानका लागि प्रश्नावली निर्माणलगायतका काम आयोगले गरिसकेको छ ।

घटना विवरण सङ्कलन र विश्लेषण गरिरहेको आयोगले भदौ २४ गतेको घटनामा केन्द्रित भएर कारागार कार्यालय नक्खुका प्रमुख सत्यराज जोशीसँग बयान लिइसकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्किएको घटनामा केन्द्रित रहेर जोशीसँग आयोगले बयान लिएको थियो ।

सोही प्रकरणमा रास्वपा सभापति लामिछानेसँग पनि आयोगले बयान लिइसकेको छ ।

Page Views: 31
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama