Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

डा.विशालनगरमा रहेको सम्पर्क कार्यालयमा कोइरालाले गरे आफूनिकट केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूसँग छलफल

- shuvadmin / शुक्रबार, कार्तिक २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्यहरू, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र पूर्वजिल्ला सभापतिहरूसँग कुराकानी गरेका छन्।

बालुवाटारस्थित विशालनगरमा रहेको सम्पर्क कार्यालयमा आज कोइरालाले केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र पूर्व जिल्ला सभापतिहरूसँग कुराकानी गरेका हुन्।

छलफलमा सहभागी रहेका रूपन्देही सभापति रामकृष्ण खाँणले महाधिवेशन कार्यतालिकाकै विषयमा कुराकानीकेन्द्रित रहेको बताए।

‘उहाँले सम्पर्क कार्यालयमा केन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिहरूसँग कुराकानी गर्नुभएको हो,’ खाँणले भने, ‘पुसभित्रै नियमित महाधिवेशन हुनुपर्छ भन्ने उहाँको धारणा छ। हामी पनि त्यही चाहन्छौं।’

खाणका अनुसार पार्टीको सबै तहको अधिवेशन पुस मसान्तभित्र सकिने गरी कांग्रेस केन्द्रीय समितिले कार्यतालिका ल्याउनुपर्नेमा नेता डा. कोइरालाले जोड दिएका हुन्।

‘उहाँ पनि पुसभित्रै सबै तहको अधिवेशन गर्ने गरी केन्द्रीय समितिबाट कार्यतालिका आउनुपर्छ भन्नेमा हुनु हुँदो रहेछ, हामी पनि सातै तहको अधिवेशन पुस मसान्तभित्र हुनुपर्छ भन्नेमा छौं,’ उनले भने।

छलफलमा केन्द्रीय सदस्यहरू गोविन्दराज पोखरेल, टेकप्रसाद गुरूङलगायत थिए।

साथै जिल्ला सभापतिहरू मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, रूपन्देही सभापति रामकृष्ण खाण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई र चितवन सभापति राजेश्वर खनाललगायत सहभागी रहेको एक नेताले जानकारी दिए।

महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव पेस गरेपनि सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारीहरू त्यो कार्यतालिकामा सहमत देखिएका छैनन् भने वैशाखमा महाधिवेशन गर्नुपर्ने अडानमा छन्।

त्यसैले असोज २८ देखि जारी केन्द्रीय समिति बैठकबाट महाधिवेशनको सर्वसम्मत कार्यतालिका आउन सकेको छैन। आज पनि केन्द्रीय समिति बैठक बस्दैछ।

केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका जारी गर्न नसक्दा नियमित महाधिवेशन पक्षधर, विशेष महाधिवेशन पक्षधर र नेताहरूको अगुवाइमा अनौपचारिक छलफलहरू भइरहेका छन्।

Page Views: 80
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama