Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रतिनिधिसभा पुनःस्थापनाका लागि कांग्रेस सांसदले थाले हस्ताक्षर अभियान

- shuvadmin / सोमबार, कार्तिक २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सबैभन्दा ठूलो र पुरानो लोकतन्त्रवादी दल नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै हस्ताक्षर अभियान थालेका छन् ।

जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा असंवैधानिक किसिमले विघटन गरेको निष्कर्ष निकालेको कांग्रेसका सांसदहरूले अब प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै औपचारिक रूपमा नै हस्ताक्षर अभियान थालेका हुन् ।

यसअघि अर्को पुरानो र ठूलो लोकतान्त्रिक दल एमालेका सांसदहरूले पनि प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै हस्ताक्षर अभियान थालेको थियो ।

एमालेले त वर्तमान सरकार नै असंवैधानिक किसिमले गठन भएको र प्रतिनिधिसभा विघटन पनि असंवैधानिक भएको ठहर गर्दै त्यसविरुद्ध देशभर जागरण अभियान थाल्दै आइरहेको छ ।

अब कांग्रेसका सांसदहरू पनि एमालेजस्तै प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरेले पार्टीले औपचारिक निर्णय गरोस् भन्ने दबाब सिर्जना गर्नका लागि हस्ताक्षर संकलन शुरु गरिएको जानकारी दिए ।

उनले भने– ‘यो अभियानमा पार्टीका अधिकांश सांसदहरू जोडिनुहुनेछ, प्रतिनिधिसभा पुनःस्थापनाका लागि शनिवारदेखि नै कांग्रेसमा सांसदहरूको हस्ताक्षर जुटाउन थालिएको छ ।’

पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेकाले पुनःस्थापनाका लागि आधिकारिक निर्णय गर्न दबाब पुगोस् भनेर हस्ताक्षर गरेको घिमिरेले बताए ।

घिमिरेले सोमबारसम्म धेरैभन्दा धेरै सांसदको हस्ताक्षर जुटाएर बैठक बस्ने दिन पार्टीलाई बुझाउने बताए ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका सबैभन्दा धेरै ८८ सांसद थिए । यसअघि नेकपा एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरेको थियो ।

एमालेले संस्थागत रूपमै प्रतिनिधिसभा पुनःस्थापनाका लागि संघर्ष गर्ने निर्णय गरिसकेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा स्वयं सांसदहरू पुनःस्थापनाको माग लिएर नआएको प्रश्न इजलासबाट उठेको थियो ।

कांग्रेस–एमालेसहितका ८ दलका प्रमुख सचेतकले विघटनलगत्तै विज्ञप्ति निकाले पनि कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाका लागि औपचारिक निर्णय गरिसकेको छैन ।

भदौ २३–२४ मा भएको आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले भदौ २७ गते प्रधानमन्त्री भएकै दिन प्रतिनिधिसभा विघटन गरेको थिइन ।

Page Views: 24
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama