Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मधेश प्रदेश सरकार गठनविरुद्ध मुद्दा दायर गर्न सात दल सर्वोच्च अदालतमा

- shuvadmin / मङ्गलबार, कार्तिक २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मधेश प्रदेश सरकार गठनविरुद्ध सात दल मुद्दा दायर गर्न सर्वोच्च अदालत पुगेका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्त गरी महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एक होटलमा शपथ ग्रहण गराएपछि सात दलले विरोध जनाएको छ ।

नेपाली कांग्रेस सहित सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार बन्ने सम्भावना रहेकाले सोही अनुसार गठन गर्नुपर्नेमा गलत धारा प्रयोग गरेर यादवलाई नियुक्त गरेको भन्दै ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहित सर्वोच्च अदालत पुगेका छन्।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोजकुमारी यादव, प्रदेशसभा सदस्य मनिष सुमन, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जैनुल राइन, अधिवक्ता दिपेन्द्र झालगायत मुद्दा दायर गर्न सर्वोच्च अदालत पुगेका छन् ।

Page Views: 86
संबन्धित शिर्षकहरु
इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
ताजा अपडेट
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
  • पृथ्वी राजमार्गकाे वैकल्पिक मार्गमा यातयात सञ्चालनमा राेक
  • आज सार्वजनिक बिदा
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama