Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएल क्रिकेटको तयारी पूरा, विजेताले १ करोड १० लाख रुपैयाँ पाउने

- shuvadmin / आइतबार, मङि्सर ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो संस्करण बराबरकै पुरस्कार दिने भएको छ।

यो पटक पनि पुरस्कार राशी पहिलो संस्करणअनुरुप नै वितरण गरिनेछ।

एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको क्यानले प्रतियोगितामा यो पटक सबै हिसाबले अघिल्लो संस्करण भन्दा उन्नत गर्ने प्रयास गरेको बताएको छ।

सोमबारबाट शुरु हुने प्रतियोगितामा यो पटक अधिकांश खेल फ्लडलाइटमा खेलाइने छ।

प्रतियोगिताको विजेता टोलीले पुरस्कार स्वरूप १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ।

त्यसैगरी, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख तथा चौथो स्थानमा रहने टोलीले १५ लाख पाउनेछ।

जुन अघिल्लो सिजनकै पुरस्कार रकम बराबर हो। एनपीएलको दोस्रो संस्करणमा कुल आठ फ्रेञ्चाइज टोलीको सहभागिता रहनेछ।

उद्घाटन खेल पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच दिउँसो ४ बजे हुने कार्यतालिका रहेको छ।

गत वर्ष सम्पन्न पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो।

यो संस्करणमा क्यानले ३५ करोड रुपैयाँभन्दा बढी उठ्ने अनुमान गरेको छ।

एनपीएलको दोस्रो संस्करणसम्बन्धी नेपाल क्रिकेट संघ (क्यान)को पत्रकार सम्मेलनमा बोल्दै सचिव पारस खड्काले प्रतियोगितामा ३५ करोड रुपैयाँभन्दा बढी रकम उठ्ने अनुमान रहेको बताए।

उनले १५ करोड ३० लाख प्रायोजकबाट, ९ करोड सहभागी टिमहरुबाट , ओटिटीबाट उठेको रकमबाट ५ करोड ३० लाख रुपैयाँ कटाएर बाँकी रहेको रकमको ७१ प्रतिशत र ८ देखि १२ करोड टिकटबाट उठने अनुमान गरेको बताए।

Page Views: 69
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama