Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माधव खतिवडाको नेतृत्वमा नागरिक बचाउ दल

- shuvadmin / आइतबार, मङि्सर ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माधव खतिवडा (माधव कल्पित) अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दल दर्ता गरेका छन्।

आइतबार आफू सभापति रहने गरी दल दर्ताको सबै प्रक्रिया पूरा भएको खतिवडाले बताए।

आफू सभापति भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै भएको कल्पितले बताएका छन्।

कल्पितसहित पार्टीका सदस्यहरुले आइतबार बिहान निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छन्। उनीहरुको नागरिक बचाउ दल नेपालको दर्ता नम्बर ६३० छ।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंको अभियान समूहलाई सरकारले वार्तामा बोलाएको छ।

२७ बुँदे माग राखेका प्रसाईँको नागरिक बचाउ महाअभियानले दल दर्ता गरेर निर्वाचनको लागि तयारी पनि सँगसँगै अगाडी बढाएको कल्पितले नेपालखबरलाई बताए।

पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर छन्।

पार्टीका सभापति खतिवडा र महामन्त्री थाम्सुहाङ प्रसाईंकै जिल्ला झापाका हुन्। निर्वाचन आयोगमा २७ सदस्यीय समिति पठाइएको छ। आयोगले ९ गतेसम्ममा दलदर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ।

सभापति– माधवप्रसाद खतिवडा
उपसभापति–ईश्वरीप्रसाद भट्टराई
उपसभापति–देवीप्रसाद संग्रौला
महामन्त्री–प्रेमकुमार थाम्सुहाङ
सहमहामन्त्री– विष्णु बोहोरा क्षेत्री
कोषाध्यक्ष–सुष्मा रेग्मी रिजाल
प्रवक्ता–प्रेम थापामागर
सदस्यहरूः
रामकुमार कार्की
प्रविन लामा
शक्तिराज शाही
दिवाकरमान सिंह बस्नेत
लुजा राई
रेनुकादेवी खरेल
तुलसाकुमारी खत्री
राजेन्द्रबहादुर दमाई
बिजय थापा
तेजेन्द्र रायमाझी
हरदेव महत्तो
बलबहादुर तामाङ
नवराज दुलाल
दानुुमाया थापा
रेणु हमाल शाही
दीनेश पाख्रिन
राजु श्रेष्ठ
पुष्पराज भण्डारी
सुरेन्द्रकुमार कार्की
कमला माया क्षेत्री

Page Views: 95
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama