Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति

- shuvadmin / शुक्रबार, जेठ ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, बलात्कार मुद्दामा सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने निश्चित भएको छ।

बुधबार उच्च अदालत, पाटनले सफाइ दिएपछि सन्दीपलाई टोलीमा विश्वकप खेल्न पठाउन क्यानले प्रक्रिया सुरु गरेको थियो।

तर, यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी ) मा सन्दीपको नाम दर्ता नभएकाले उनले विश्वकप खेल्न पाउने वा नपाउने भन्ने निश्चित भइसकेको थिएन।

तर आईसीसीले सन्दीपलाई टोलीमा राख्न नाम दर्ता गराएसँगै उनी विश्वकप खेल्न जाने भएका हुन्।

यसअघि सन्दीपको मुद्दा चलिरहेकाले क्यानले सन्दीपबाहेक १५ सदस्यीय टोली घोषणा गर्दै आईसीसीमा पठाएको थियो।

तर केही समयअघि मात्र आईसीसीले सन्दीपको नाम थप्न स्वीकृति दिएपछि क्यानले सन्दीपलाई पठाउने प्रक्रिया सुरु गरेको हो। उनी सम्भवतः शनिबार त्यसतर्फ जानेछन्।

क्यान स्रोतले भन्यो, ‘भर्खरै मात्र आईसीसीले सन्दीपलाई राख्न स्वीकृति दिएको छ, सन्दीप १५ सदस्यीय अन्तिम टोलीमा परेपछि अर्को खेलाडीलाई क्यानकै खर्चमा टोलीसँगै राखिनेछ।

पछि कुनै खेलाडी घाइते भए नेपालबाट नपठाइ १६ औँ खेलाडीलाई नै रिप्लेस गरिनेछ। सन्दीप टोलीमा पर्दैमा अर्को खेलाडीमाथि अन्याय हुन दिदैनौँ। त्यसैले त्यही राख्नेछौँ।’

क्यानले यसअघि आईसीसीमा विश्वकप खेल्ने टोलीका सदस्य परिवर्तन गर्ने समय मे २५ अर्थात् जेठ १२ गतेसम्म छ।

क्यानले २०८० पुस २६ गते घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्वकप्तानसमेत रहेका सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो।

जिल्ला अदालतले दोषी ठहर गरेलगतै निलम्बनमा परेका सन्दीप झण्डै ५ महिनापछि मैदान फर्किन लागेका हुन्।

टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुनेछ।

१० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलोपटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ। टोली अहिले दुवै देशमा अभ्यास खेल खेलिरहेको छ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।

नेपालले जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ ।

यसअघि अमेरिका पुगेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै, आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी सामेल छन्।

Page Views: 78
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama