काठमाण्डू, साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ।
आज नेप्से परिसूचक ०.३८ प्रतिशत अर्थात ९.७८ अंकले बढेर २ हजार ५५०.३६ विन्दूमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ४४०.८७ विन्दूमा पुगेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा स्क्रिप्टको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबै समूहमा हरियाली छायो ।
आज विकास बैंक समूह सर्वाधिक अर्थात १.५० प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.१३ प्रतिशत, फाइनान्स ०.५६, होटल १.०८, हाईड्रो ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, लघुवित्त ०.३४, म्युिचुअल फण्ड ०.१४ र व्यापार ०.०९ प्रतिशतले बढेको छ ।
आज निर्जीवन बीमा र अन्य समूह मात्रै घटे । यी समूहहहरु आज क्रमशः ०.०९ र ०.४९ प्रतिशतले घटे ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १८ करोड बढीको सेयर कारोबार भयो ।
एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज १६ करोड ५९ लाख, शिवम् सिमेन्टको १६ करोड ३० लाख, राधी विद्युतको १५ करोड ४१ लाख र युनियन हाईड्रोपावरको १३ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी,बुङ्गल हाईड्रो, बन्दीपुर केवलकार र झापा इनर्जीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.८९ प्रतिशत, जोशी हाईड्रोपावरको ७.८४, माबिलुङ इनर्जीको ७.३७ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७।२४ प्रतिशतले बढ्यो ।
यो दिन भूगोल इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । नेपाल माईक्रो इन्स्योरेन्सको सेयरमूल्य पनि आज ३.२१ र स्वाभिमान लघुवित्तको सेयरमूल्य २.४० प्रतिशतले घट्यो ।