काठमाण्डू, व्यवसायी दुर्गा प्रसाईंले मेचीदेखि महाकाली ठप्प पार्ने दाबी गरेका छन् ।
७ मंसिरदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका उनले व्यवस्था परिवर्तन नभएसम्म मेचीदेखि महाकाली ठप्प पार्ने दाबी समेत गरेका हुन् ।
आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले नेपाल प्रिमियर लिग (एनपीएल) का कारण आन्दोलन नरोक्ने बताए ।
उनलेले भने, ‘व्यवस्था परिवर्तन नभएरसम्म छ्याप्पै महेन्द्र राजमार्गमा बस्ने हो । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दोकान–व्यवसाय बन्द हुन्छ ।
थपक्क घरमा बस्ने र क्रिकेट हेर्ने । बाटामा नआउने ।’