Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढी क्षति

- shuvadmin / बुधबार, मङि्सर ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

फुङलिङ, ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ ।

मङ्गलबार मध्यराति बजारका चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको हो ।

स्थानीय बजारमा व्यवसाय सञ्चालन गरेर बस्नुभएका इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट हुँदा उक्त रकम बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिए ।

प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढी राजकुमारको ५० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

प्रजिअ सेँढाइका अनुसार इन्द्रकुमारको घर जलेर नष्ट हुँदा ४३ लाख, अनिलको २० लाख र विष्णुप्रसादको पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट इन्द्रकुमारको घरमा डेरा गरी बस्नुभएका दोर्ची शेर्पाको २५ मन अलैँचीसमेत जलेर नष्ट भएको छ ।

आगलागीबाट नै दुई ओटा मोटरसाइकल, सुनचाँदी, नगद, पशु चौपाया, लत्ताकपडा, खाद्यान्न लगायतका आवश्यक कागजात जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

रातको समय भएकाले कुनै पनि सामग्री निकाल्न नपाएको र नियन्त्रणका लागि दमकल पानीको समेत अभाव भएकाले बढी क्षति भएको स्थानीयको भनाइ छ ।

आगो बिहान साढे ५ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । पार्किङ गरी राखिएको मोटरसाइकलबाट आगलागी शुरु भएको बताइए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Page Views: 59
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama