Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

किसानले दूध दिन छाडेपछि धमाधम बन्द हुँदै चिस्यान केन्द्र

- shuvadmin / बिहिबार, मङि्सर ०५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गतको दुग्ध वितरण आयोजना विराटनगर गम्भीर आर्थिक सङ्कटमा फसेको छ ।

लामो समयदेखि दूधको भुक्तानी नपाएपछि निराश बनेका किसानहरूले डिडिसीको यस आयोजनालाई दूध उपलब्ध गराउन छाड्दै गएका छन् ।

किसानले दुध दिन बन्द गरेसँगै आयोजना मातहतका चिस्यान केन्द्रहरू धमाधम बन्द हुन थालेपछि भने आयोजना नै धराशायी बन्ने जोखिम बढेको छ ।

विराटनगर आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरका अनुसार, केही महिनाभित्रै इलाम जिल्लाका मात्र तीन वटा दूध चिस्यान केन्द्रहरु बन्द भइसकेका छन् ।

इलाममा दशकौं अघिबाट सञ्चालन भइरहेका पुवाखोला, फिक्कल र लक्ष्मीपुर चिस्यान केन्द्रहरू पूर्ण रूपमा बन्द भएका हुन् ।

यी केन्द्रहरू बन्द हुँदा संस्थालाई ठूलो धक्का लागेको छ । बन्द भएको लक्ष्मीपुर चिस्यान केन्द्रबाट मात्रै दैनिक एक हजार चार सय लिटर दूध सङ्कलन हुँदै आएको थियो भने पुवाखोला र फिक्कलबाट सरदर एक÷एक हजार लिटर दूध सङ्कलन हुने गरेको थियो ।

यस्तै, इलामको शान्तिडाँडा चिस्यान केन्द्रलगायत अन्य केन्द्रहरूको अवस्था पनि नाजुक बन्दै गएको छ ।

निमित्त प्रमुख मगरले बाटोका कारण शान्तिडाँडा चिस्यान केन्द्र बन्द भएको तर बाटो खुलेपछि भने किसानले दूध दिन खासै मन नगरेका कारण दूध सङ्कलन नभइरहेको जानकारी दिए ।

सञ्चालनमा रहेका अन्य केन्द्रमा पनि किसानले दूध ल्याउन छाडेपछि सङ्कलनको परिमाण एक तिहाइले घटेको छ ।

विराटनगर आयोजनामातहतमा ११ वटा चिस्यान केन्द्र सञ्चालनमा रहेकोमा यतिबेला सात वटा चिस्यान केन्द्रमात्र सञ्चालनमा छन् ।

दुई सय दिनदेखि भुक्तानी ठप्प, १८ करोड बक्यौता

समयमा आफूले बिक्री गरेको दूधको भुक्तानी नपाएपछि किसानहरू आयोजनाप्रति असन्तुष्ट बनेका हुन् ।

आयोजना प्रमुख मगरका अनुसार किसानहरूले गत वैशाख १५ गतेयताको दूधको भुक्तानी पाएका छैनन् ।

करिब २ सय दिनको रकम भुक्तानी गर्न बाँकी रहँदा किसानको करिब १८ करोड रुपियाँ बक्यौता पुगेको छ ।

“नगदे बालीका रूपमा रहेको दूधको पैसा ६–७ महिनासम्म नपाउँदा किसानहरूको दैनिकी चल्नै नसक्ने अवस्था आयो, “मगरले भने, “त्यसैले उहाँहरू विकल्प खोज्न बाध्य हुनुभयो जस्तो लाग्छ, त्यसलाई हामीले अन्यथा भन्न सक्ने अवस्था पनि छैन ।”

पाँच वर्षअघि अर्थात् कोभिड महामारी शुरु हुँदासम्म यस आयोजनाले दैनिक दुई लाख लिटरसम्म दुध सङ्कलन गर्दै आएको थियो ।

तर, अहिले यो तथ्याङ्क निरन्तर ओरालो लाग्दै निराशाजनक अवस्थामा पुगेको छ ।

तीन वर्षअघि ५० हजार र दुई वर्षअघिसम्म ४० हजार लिटर दैनिक सङ्कलन हुने गरेकोमा गत वर्ष २० देखि २२ हजार लिटरमा झरेको थियो ।

अहिले आएर दैनिक दुध सङ्कलन मुस्किलले १२ देखि १३ हजार लिटरमा खुम्चिएको छ ।

निजी डेरी र छुर्पी उद्योग किसानको विकल्प

डिडिसीले समयमा पैसा नदिएपछि किसानहरूले सहकारीमार्फत निजी डेरी उद्योगहरूलाई दूध बिक्री गर्न थालेका छन् ।

पहाडी भेगका किसानहरूले नबिकेको र डिडिसीलाई नदिएको दूधबाट घिउ बनाउने तथा छुर्पी उद्योगलाई दूध बेच्न थालेको जानकारी मगरले जानकारी दिए ।

यसले गर्दा सरकारी आयोजनामा दूधको अभाव सिर्जना हुँदै गएको छ ।

बजार खुम्चियो, खुला दूधको दबदबा

एकातिर दूध सङ्कलन घटेको छ भने अर्कोतिर बजारमा डिडिसीको बिक्री पनि ह्वात्तै घटेको छ ।

आयोजना प्रमुख मगरका अनुसार विराटनगरमा दैनिक बिक्री २५ सयदेखि तीन हजार लिटरमा सीमित भएको छ ।

बजारमा ‘खुला दूध’ (लुज मिल्क) को दबदबा बढेको छ । उपभोक्ताहरूले पास्चराइज नगरेको भए पनि फ्याट र अन्य गुणस्तर राम्रो भएको भन्दै खुला दुध रुचाउन थालेका छन् ।

खुला दुधको मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा र समयमै भुक्तानी दिन नसक्दा डिडिसीलगायत अन्य डेरी उद्योगहरुको बिक्रीसमेत घट्दै गएको छ ।

दूध, दही, पनिर, आइसक्रिम लगायतका दुग्धजन्य उत्पादनको कुल बिक्री नै तीन हजार लिटरमा खुम्चिएको छ ।

जसको प्रत्यक्ष मारमा पशुपालक किसानहरू परेका छन्, जसका कारण उनीहरू पेसाबाटै विमुख हुने जोखिम बढेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

Page Views: 30
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama