Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महाधिवेशनको मिति तोक्न कांग्रेस बैठक अझै असफल

- shuvadmin / आइतबार, मङि्सर ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, लामो समयदेखि बस्दै र स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिवार पनि महाधिवेशन मिति तोक्न असफल बन्यो ।

बैठकले २१ फागुनमा हुने निर्वाचनमा भाग लिने निर्णय गरे पनि महाधिवेशनबारे ठोस निर्णय गर्न असफल बनेको हो ।

यस हिसाबले कांग्रेस पुरानै नेतृत्व लिएर चुनावमा जाने सम्भावना देखिएको छ । यद्यपि, कांग्रेसको बैठक अझै पनि जारी रहेकाले त्यससम्बन्धी निर्णय हुन सक्ने नेताहरूले जनाएका छन् ।

कांग्रेस बैठक फेरि ११ मंसिरसम्मका लागि स्थगित भएको छ । कांग्रेसले २१ फागुनमा हुने निर्वाचनमा भाग लिने निर्णय गरे पनि निर्वाचनका लागि आवश्यक पर्ने वातावरण नबन्दा निर्वाचनमा संशय पैदा भएको स्पष्ट पारेको छ ।

शनिवार सानेपामा भएको बैठकले ५ बुँदे निर्णय गरेको छ । तर, ती निर्णयमा मुख्य विवादको विषय रहँदै आएको महाधिवेशनबारे एक शब्द समेत लेखिएको छैन ।

बैठकमा डा. शेखर कोइराला, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायतको समूहले चुनावअघि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको थियो ।

तर, संस्थापन पक्षले भने चुनावपछि मात्रै महाधिवेशनमा जानुपर्नेमा जोड दिएको छ । त्यसैले महाधिवेशनका बारेमा निर्णय हुन कठिन देखिएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा असोज २८ देखि शुरु हुँदै आएको बैठक मंसिर ११ गते सम्मका लागि स्थगित गरिएको छ ।

कांग्रेसको शनिवारको बैठकले विद्यमान शान्ति–सुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, ‘संवेदनशील अवस्थामा कुनै पनि राजनीतिक दल, समूह वा पक्षबाट कुनै पनि नाममा हिंसा भड्काउने, सद्भाव खल्बलाउने, उत्तेजना वा घृणा फैलाउने कार्य कदापि वाञ्छनीय हुन सक्दैन ।’

लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा विचार अभिव्यक्तिमा बन्देज लगाउने प्रयास गर्नु स्वाभाविक वा स्वीकार्य मान्न नसकिने कांग्रेसको निष्कर्ष छ ।

निर्णयमा भनिएको छ, ‘अतः अहिले उत्तेजना होइन, संयम निषेध होइन, संवादस अविश्वास होइन, विश्वास र समझदारी आवश्यक भएकाले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवादमार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई नेपाली कांग्रेस आह्वान गर्दछ ।

नेपाली कांग्रेस तथा विभिन्न राजनीतिक दलहरूको आह्वानमा जनताले धैर्य, संघर्ष र त्यागका माध्यमबाट स्थापित गरेको संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण तथा संस्थागत विकास हाम्रो साझा जिम्मेवारी भएको उल्लेख छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउन आवश्यक रहेको उल्लेख छ ।

निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्नसमेत काग्रेसले माग गरेको छ ।

जेन–जी प्रदर्शनमार्फत् परिवर्तनका लागि मुखरित आवाजको सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक रहेको निष्कर्ष कांग्रेसले निकालेको छ ।

Page Views: 43
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama