Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सप्तरीमा क्रिकेट खेलेर फर्केका भाइको मृत्यु, दाजु बेहोस

- shuvadmin / आइतबार, मङि्सर ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कल्याणपुर, सप्तरीको शम्भुनाथ नगरपालिकामा क्रिकेट खेलेर घर फर्किएका दाजु–भाई मध्ये भाईको बेहोस भएर मृत्यु भएको भएको छ भने दाजु बेहोस भएर अस्पताल भर्ना भएका छन् ।

शनिबार घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्किएका शम्भुनाथ नगरपालिका १ निवासी १३ वर्षीय राकेश यादवको यसरी मृत्यु भएको हो भने १६ वर्षीय दाजु रुपेश यादव बेहोस भएर अस्पताल भर्ना भएका हुन् ।

खेल मैदानबाट घर फर्के लगत्तै राकेश बेहोस भई ढलेको र तत्काल उनको मृत्यु भएको बुवा किसुनदेव यादवले बताए ।

अहिले उनको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।

मृत्युका कारण भने खुल्न सकेको छैन । एकथरीले खेल मैदानको साइडमा रहेको झारपातमा विषालु सर्षले डसेको हुन सक्ने अनुमान गरेका छन् भने अर्कोथरीले खेल मैदानबाट घर फर्किने क्रममा बटोमा विषदीयुक्त खानेकुरा खाएपछि यस्तो दुःखद घटना भएको हुनसक्ने अनुमान गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक पुरीले मृत्युका कारण पोस्टमार्टको रिपोर्टपछि खुल्ने र घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

Page Views: 42
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama