Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जसपा नेपालद्वारा २८ बुँदे माग प्रस्तुत, माग पूरा गराउन मंसिर १० गतेदेखि संघर्षका कार्यक्रम गर्ने

- shuvadmin / सोमबार, मङि्सर ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जनता समाजवादी पार्टी (जसपा) नेपालले देशका विभिन्न राष्ट्रिय मुद्दा र पार्टीले उठाउँदै आएका २८ बुँदे मुख्य मागहरू सार्वजनिक गरेको छ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, यी मागहरूमा संविधान संशोधन गरी संघीय प्रणालीको सिद्धान्त अनुसार प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने विषयदेखि लिएर युवा पुस्ता अर्थात् ‘जेन जी’ ले आन्दोलनका क्रममा उठाएका न्यायोचित मागहरूलाई सरकारले पूरा गर्नुपर्ने विषयहरू समावेश छन्।

जसपा नेपालले संविधान संशोधन वा पुनरर्लेखन गरी राष्ट्रिय समस्याहरूको समाधान गर्दै मुलुकलाई निकास दिन जोड दिएको छ।

पार्टीले राष्ट्रिय तथा जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना उच्च स्तरीय आयोगको सुझाव प्रतिवेदन २०६८ को आधारमा (१०ं१) प्रदेश हुने गरी राज्यको पुनःसंरचना गरिनुपर्ने माग गरेको छ।

पार्टीले जेन जी (युवा पुस्ता) ले आन्दोलनका दौरान उठाएका सबै न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गर्नुपर्ने बताएको छ।

साथै, जेन जी विद्रोहलाई दबाउन सरकारले गरेको दमनका कारण भएका हिंसा, हत्या, आगजनी र विध्वंशजस्ता क्रियाकलापहरूको छानबिन गरी कसूरदारहरूलाई कानून बमोजिम कारवाही गर्नुपर्ने माग पनि जसपाले उठाएको छ।

सुशासन र पारदर्शिताको प्रत्याभूति गराउनुपर्ने विषयमा जोड दिँदै जसपा नेपालले भ्रष्टाचार नियन्त्रणको माग गरेको छ।

यसका साथै, सरकारमा रहेर विगतमा भएका सम्पूर्ण भ्रष्टाचारका काण्डहरूउपर छानबिन गरी भ्रष्टाचारीहरूलाई कानून बमोजिम कारवाही गरिनुपर्नेमा पार्टीको विशेष जोड रहेको छ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यी २८ बुँदे माग र राष्ट्रिय मुद्दाहरू पारित गरेको छ।

यी मागहरू पूरा गराउनका लागि मंसिर १० गतेदेखि नै विभिन्न संघर्षका कार्यक्रमहरू घोषणा गरिएको कुरा प्रचार विभाग प्रमुख बस्नेतले बताएका छन्।

Page Views: 85
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama