Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

खण्डहर बनेको राजनीतिक इतिहास बोकेको विराटनगर जुट मिल

- shuvadmin / सोमबार, मङि्सर ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, विराटनगर जुट मिलको इतिहास नेपालको राजनीतिक आन्दोलनसँग पनि गहिरो गरी जोडिएको छ।

राणा प्रधानमन्त्री जुद्धशमशेरले वि.सं. १९९३ सालमा स्थापना गरेको यसै उद्योग परिसरबाट नेपाली कांग्रेसले वि.सं. २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो।

यसबाहेक, पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले आफ्नो राजनीतिक यात्राको सुरुवात यही मिलबाट गरेका थिए।

ऐतिहासिक महत्वको उद्योग भए पनि राजनीतिक हस्तक्षेपका कारण यो पटक पटक खुल्ने र बन्द हुने क्रममा रह्यो।

पछिल्लो पटक वि.सं. २०७० सालदेखि पूर्ण रूपमा बन्द भएपछि लामो समयको निष्क्रियताका कारण यो उद्योग हाल खण्डहर जस्तै बनेको छ।

बन्द भएपछि आवश्यक संरक्षणको अभावमा उद्योगका धेरै महत्त्वपूर्ण सामानहरू चोरी भइसकेका छन्।

बाँकी रहेका उपकरणहरू पनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहँदा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन्।

जानकारहरूका अनुसार, वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनस्स्थापनासँगै मिलको अवस्था खस्किन शुरु भएको हो।

सञ्चालक समितिमा राजनीतिक भर्ती गर्ने र देशमा भएको लगातारको राजनीतिक अस्थिरताका कारण नेतृत्व र व्यवस्थापनमा पटक पटक परिवर्तन भइरहँदा अन्ततः यो उद्योग हालको नाजुक अवस्थामा पुगेको हो।

Page Views: 30
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama