Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उखु लागत हेरी मूल्य निर्धारण गर्न माग, ७५ करोड अनुदान भुक्तानीमा अन्योलता कायमै

- shuvadmin / सोमबार, मङि्सर ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पश्चिम नवलपरासी, कृषि प्रधान देशका उखु किसानहरूले भोगेका समस्या सम्बोधन गर्न तथा नयाँ सिजनका लागि उखुको समर्थन मूल्य निर्धारण गर्ने विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा छलफल भएको छ ।

आइतबार भएको छलफलमा मन्त्रालयका अधिकारी, सम्बद्ध निकायका प्रतिनिधि र किसान महासंघका प्रतिनिधिहरू सहभागी थिए ।

लागतका आधारमा मूल्य निर्धारणको माग

छलफल सहभागी उखु उत्पादक महासंघका प्रवक्ता तथा लुम्बिनी प्रदेश अध्यक्ष उमेशचन्द्र यादवका अनुसार छलफलमा किसान महासंघले उखु उत्पादनमा श्रम–पसीना बगाउने किसानको वास्तविक उत्पादन लागतका आधारमा यथार्थ अनुरूप मूल्य तय गर्न सरकारसँग जोडदार माग गरेको छ ।

यस वर्ष उखुको उत्पादन लागतमा भएको वृद्धिलाई ध्यान दिँदै किसान महासंघले न्यूनतम ७५० रुपियाँ प्रति क्वीन्टल मूल्य निर्धारण गर्नुपर्ने माग प्रस्ट रूपमा राखेको छ ।

साथै, किसानले उखु बेचेको १५ दिनभित्रै रकम भुक्तानी हुने व्यवस्था गर्न पनि महासंघले माग गरेको छ ।

बैठकमा सहभागीहरूले सरकारले यही मङ्सिर १५ गतेभित्र सम्मानजनक मूल्य निर्धारण गर्ने आशा व्यक्त गरेका छन् ।

अनुदान भुक्तानीमा अड्चन यथावत

छलफलको मुख्य एजेन्डामा गत वर्षको बाँकी अनुदान भुक्तानीको विषय पनि समावेश थियो ।

कृषि मन्त्रीले गत वर्षको बाँकी ३५ रुपियाँ प्रति क्वीन्टलका दरले करिब ७५ करोड रुवियाँ छिटो भुक्तानी गर्नुपर्ने धारणा राखेका थिए ।

तर, किसान प्रतिनिधिहरूको भनाइ अनुसार, सचिवस्तरीय टोलीले अर्थ मन्त्रालयको सहमति नआएको भन्दै तत्काल भुक्तानी गर्न कठिनाइ रहेको प्रतिक्रिया दिएको छ ।

Page Views: 62
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama