Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काँग्रेसमा नियमित र विशेष महाधिवेशन मागकर्ताबीच छलफल

- shuvadmin / सोमबार, मङि्सर ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली काँग्रेसमा चुनावअघि नियमित महाधिवेशनको पक्षमा रहेका संस्थापन पक्षका केन्द्रीय सदस्य र विशेष महाधिवेशन पक्षधरले छलफल गरेका छन् ।

दुई पक्षबीच सोमबार बिहान करिब चार घण्टा छलफल भएको केन्द्रीय सदस्य आंगेलु शेर्पाले जानकारी दिए ।

सभापति देउवा पक्षका २७ केन्द्रीय सदस्यले चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने मागसहित पार्टी शीर्ष नेताहरूलाई भेट्दै आएका छन् ।

सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर उनीहरूले निर्वाचन अघि नै १५औँ महाधिवेशन गर्नुपर्ने माग उठाएका थिए ।

संस्थापन इतरका नेता डा. शेखर कोइरालालाई आइतबार भेटेर उनीहरूले सोही मागका लागि दबाब बढाउन आग्रह गरेका थिए ।

उनीहरूले आज विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियानको अगुवाइ गर्ने नेताहरूलाई भेटेका हुन् ।

केन्द्रीय सदस्य शेर्पाले दुई पक्षको छलफलमा आफूहरूले चुनावअघि महाधिवेशन गर्नुपर्ने विषय राखेको जानकारी गराए ।

विशेष महाधिवेशन पक्षधरले भने समय धेरै घर्किसकेको हुँदा अब विशेषमै जोड दिएको शेर्पाले बताए ।

मंसिर ११ गतेको केन्द्रीय समितिको बैठकले महाधिवेशनबारे गर्ने निर्णय प्रतीक्षा गरेर फेरि छलफल गर्ने कुरा भएको शेर्पाले जानकारी गराए । उनले भने, ‘महाधिवेशन नगरी चुनावमा जान सकिन्न भन्नेमा हामी सबै एकमत छौँ।’

छलफलमा विशेष महाधिवेशनका पक्षधर नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, जनक गिरी, सुवास पोखरेल, नारायण भट्टराई, बलदेव तिमिल्सना, युवराज पाण्डे लगायत सहभागी थिए ।

छलफलमा सहभागी विशेष महाधिवेशनका अगुवाइ गर्ने तिमिल्सिनाले भने, ‘उहाँहरूले नियमित महाधिवेशन गर्न सकिन्छ ।

फास्ट ट्रयाकबाट हुने गरी कार्यतालिका ल्याउन सकिने बताउनु भयो । हामीले समय धेरै घर्किएको हुँदा अब विशेषको महाधिवेशनको विकल्प नभएको बत्तायौँ ।’

Page Views: 46
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama