Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धनगढीमा एमाले नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेनजी समूह र युवा संघका कार्यकर्ताबीच झडप, एक जनाको हात भाँचियो

- shuvadmin / बुधबार, मङि्सर ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

धनगढी, कैलालीको धनगढी आइपुगेका एमाले नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेनजी समूहका यूवाहरू र यूवा संघका कार्यकर्ताबीच झडप भएको छ।

यूवा संघको सुदूरपश्चिमस्तरीय भेलामा सहभागी हुन बुधबार धनगढी आइपुगेका बस्नेको विरोध गर्दै करिब २० जनाको संख्यामा जेनजी युवाहरू धनगढी विमानस्थलमा विरोध प्रदर्शन गरेका थिए।

उनीहरू गुण्डूको गुण्डा गो ब्याक, जेनजीको रगतमाथि खेलवाड गर्न पाइँदैनजस्ता नारा लेखेर प्ले कार्ड सहित सडकमा शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनकाक्रममा युवा संघका कार्यक्रताहरू आएर उनीहरूमाथि हातपातको प्रयास गरेका थिए। प्रहरी घेराभित्र प्रदर्शन गरेका जेनजी यूवाहरूमाथि आक्रमण प्रयास भएपछि उनीहरू भागेका थिए।

भाग्नेक्रममा जेनजी समूहकी सरिता जोशीको हात भाँचिएको छ। उनको धनगढी स्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको छ।

बस्नेतको सुरक्षा र जेनजीको बिरोध प्रदर्शनलाई ध्यानमा राखी सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ।

बस्नेतलाई कार्यक्रम स्थल लगिएको छ। यसअघि बस्नेत सुर्खेत, विराटनगर जाँदा पनि जनेजी समूहले विरोध प्रदर्शन गरेका थिए।

२३ र २४ भदौको जेनजी आन्दोलनलाई एमालेका अध्यक्ष केपी ओली, बस्नेत लगायत नेताहरूले समान्यीकरण गर्न खोजेपछि उनीहरूमाथि विरोध हुँदै आएको छ।

Page Views: 37
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama