Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असार ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस विवाद उत्कर्षतिर, विशेष महाधिवेशन पक्षधरले गरे विशेष भेला

- shuvadmin / बुधबार, मङि्सर ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौँ, कांग्रेसमा महाधिवेशन विवाद उत्कर्षतिर उन्मुख भएको छ।

असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठक र निरन्तर भएका अनौपचारिक बैठकले महाविधेशनको विवाद हल गर्न नसकेपछि विशेष महाधिवेशन पक्षधरले बुधबार विशेष भेला आयोजना गरेका हुन्।

कांग्रेस विवाद उत्कर्षतिर, विशेष महाधिवेशन पक्षधरले गरे विशेष भेला

अरु विषयमा निर्णय गरे पनि महाधिवेशनको विषयमा निर्णय गर्न नसक्दा स्थगित भएको बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ। थप दबाब सिर्जना गर्न बुधबार विशेष भेला गरिएको हो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर बुझाए पनि संस्थापन पक्ष तत्काल नियमित महाधिवेशनका लागि समेत तयार नभएपछि छुट्टै भेला आयोजनाग गरिएको हो।

कांग्रेस विधानअनुसार २०७८ मंसिरमा भएको पार्टीको १४औँ महाधिवेशनको चार वर्षे कार्यकाल यहीँ मंसिरमा सकिएको छ।

संस्थापन पक्ष नियमति महाधिवेशन नगर्ने दाउ लिएपछि महामन्त्री थापा र शर्माको अगुवाइमा हस्ताक्षर बुझाएर दबाब दिइएको थियो।

त्यसकोसमेत सुनुवाइ नभएको भन्दै राष्ट्रियसभा गृहमा विशेष भेलाको आयोजना गरिएको हो।

उनीहरुले फागुन २१ गतेका लागि तोकिएको चुनावभन्दा अगावै विशेष महाधिवेशन हुनुपर्ने अडान राखिरहेका छन्।

विशेष भेलाको अध्यक्षता २०१४ सालमा भएको कांग्रेसको प्रथम विशेष महाधिवेशनमा सहभागी भएका नेता ओमकार श्रेष्ठले गरेका छन्।

केन्द्रीय सदस्यहरू प्रतीमा गौतम, मधु आचार्य, तारामान गुरूङ, अजयबाबु शिवाकोटी र लुम्बिनी कांग्रेस सभापति अम्मरसिंह पुन र गण्डकी सभापति शुक्रराज शर्मा पनि भेलामा सहभागी भएका छन्।

Page Views: 62
संबन्धित शिर्षकहरु
सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
आज केहि स्थानमा पानी पर्ने
ताजा अपडेट
  • सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
  • ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
  • आज केहि स्थानमा पानी पर्ने
  • परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान
  • रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल
  • एक–दुई स्थानमा चट्याङ्गसहितकाे वर्षा हुने
  • सुरुङमार्ग अध्ययन र निर्माणका लागि ६७ करोड बजेट विनियोजन
  • धनगढीबाट भन्सार छलीका सामान बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama