Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा नेता महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

- shuvadmin / बिहिबार, मङि्सर १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

‘प्रतिवादी उपरमा लागेको अभियोग दाबी तथा संकलित सबुत प्रमाणहरू, प्रतिवादीको उमेर र स्वास्थ्य अवस्था समेतका समग्र परिस्थिति तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा ७२ समेतलाई विचार गरी पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा हाल प्रतिवादी कृष्णबहादुर महराबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रू।२०,००,०००(बीस लाख रुपैयाँ) नगद धरौटी वा सोबराबरको जमानत वा बैंक जमानत दिए लिई मुद्दा पुर्पक्षका लागि तारिखमा राखी नियमानुसार गर्नआदेशमा भनिएको छ ।

भेपमार्फत सुन तस्करी प्रकरणका सिलसिलामा महरा असोज २६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

‘पूरक अभियोगमा नयाँ तथा थप प्रमाण संकलन भई दाबीमा उल्लेख हुन सकेको अवस्था समेत मिसिलबाट नदेखिएको, शुरू मूल अभियोग तथा पहिलो पूरक अभियोग दाबी समेत उपरमा प्रमाण संकलन भै उक्त प्रमाणहरूको विवेचना भै फैसला समेत भैसकेको एवं प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतसमक्ष गरेको बयान व्यहोरा समेतका परिप्रेक्ष्यमा तत्काल प्राप्त प्रमाणहरूका आधारमा प्रतिवादीलाई थुनामा नै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नदेखिएको अवस्थामा तहाँ अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखे गरी भएको मिति २०८२/०६/२९ को आदेश मिलेको नदेखिँदा देखिँदा बदर गरिदिएको छ,’ आदेशमा अगाडि भनिएको छ ।

Page Views: 40
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama