Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

- shuvadmin / शुक्रबार, मङि्सर १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ ।

नेपाली काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउन भन्दै ६० बढी संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू नयाँ बानेश्वरस्थित आनन्तभूमि पार्टी प्यालेसमा जम्मा भएका हुन् ।

बिहान १० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, कान्तिका सेजुवाल, नृप वड, उर्मिला नेपाल केसी, डा.रनबहादुर रावल, विद्या तिमिल्सिना, राधा घले, गुरु बराल, गोमाकुमारी भट्टराई, रमा कोइराला पौड्याल, सिता देवकोटा, शान्ति विक परियार, रुपा विकलगायत केन्द्रीय सदस्यहरू सहभागी छन्।

शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक आइतबारका लागि सारिएपछि त्यसबारे पनि बैठकमा छलफल भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कांग्रेसमा १५ औँ महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विवाद छ ।

संस्थापनले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ । निर्वाचनपछि महाधिवेशन गर्ने आवाजलाई बलियो बनाउन नेताहरू बैठक बसेका हुन् ।

Page Views: 101
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama