Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सिमेन्ट र क्लिङ्कर दुवैमा कर लगाउन नमिल्ने सर्वोच्चको व्याख्या

- shuvadmin / शनिबार, मङि्सर १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सर्वोच्च अदालतले सिमेन्टमा निकासी कर लगाइएपछि कच्चा पदार्थ क्लिङ्करमा पनि लगाइने करलाई दोहोरो करका रूपमा व्याख्या गरेको छ ।

मारुती र घोराही सिमेन्टका दुई फरक मुद्दाका प्रतिपादित नजिरको एक रूपताका लागि पूर्ण इजलासमा पेस भएको मुद्दामा अदालतले एउटै वस्तु र सेवामा एउटै आधारमा फरक शीर्षकमा पुनः कर लगाउनु संविधान र कर कानूनको मान्यताविपरीत हुने व्याख्या गरेको हो ।

सर्वोच्चको व्याख्याले सिमेन्ट कर लागेपछि कच्चा पदार्थमा लगाउने पाइने छैन । एउटै वस्तु र सेवामा फरक फरक कर लगाउन नपाउने फैसलामा उल्लेख छ ।

न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुँडालको इजलासको बहुमत रायले कच्चा पदार्थ र सिमेन्ट दुवैमा कर लगाउने व्याख्या बदर हुने ठहरेको छ ।

सोही इजलासका एक सदस्य न्यायाधीश हरिप्रसाद फुयाालले सिमेन्टमा प्रयोग हुने कच्च पदार्थ चुन ढुङ्गाको छुट्टै अस्तित्व रहने भएकाले स्थानीय निकायले लगाउने करलाई प्रचलित कानून र अभ्यासविपरीत नहुने राय लेख्नुभएको छ ।

अदालतले कुनै पनि राज्यको कर प्रणाली न्यायोचित, समानुपातिक र पूर्वानुमानयोग्य हुनुपर्ने पनि व्याख्यामा उल्लेख गरेको छ ।

दोहोरो कर लगाउने अभ्यासले करदातामा आर्थिक भार बढ्ने व्याख्या अदालतको छ ।

कर प्रशासनले कानूनले नदिएका अधिकार प्रयोग गरी कर निर्धारण र असुल गर्न नमिल्न पनि व्याख्यामा उल्लेख छ ।

कर कानूनको व्याख्या गर्दा सङ्कुचित अवधारणा नै अपनाउनपर्ने राय बहुमतको छ ।

यस्तै कर कानूनमा अस्पष्टता भए त्यसको लाभ कर प्रशासनलाई नभई करदातालाई जाने सिद्धान्त लागू हुनुपर्ने पनि न्यायाधीशद्वय प्रधान र चुँडालको रायमा उल्लेख छ ।

कर निर्धारण हुँदा आधार र कारण प्रस्ट दिन सक्नुपर्ने पनि अदालतको फैसलामा छ ।

के थियो विवाद ?

घोराही सिमेन्टले दोहोरो कर खारेजीको माग गर्दै जिल्ला विकास समितिको कार्यालय दाङसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।

यस्तै मारुती सिमेन्टले जिल्ला विकास समिति सिन्धुलीसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।

सर्वोच्चमा दुवै मुद्दामा फरक राय कायम भएपछि मुद्दा पूर्ण इजलासमा पुगेको थियो । लामो समयपछि विवादमा फैसला भएको हो ।

घोराहीको मुद्दामा पूर्ण इजलासको बहुमतले सिमेन्टमा कर लगाएपछि क्लिङ्करमा कर लगाउनु दोहोरो करको अवस्था हुने व्याख्या गरेको हो ।

यस्तै मारुती सिमेन्टको मुद्दामा यसअघि प्रतिपादित नजिर अदालतले अमान्य हुने व्याख्या गरेको हो ।

ढुङ्गा, गिट्टी, बालुवाभित्र चुनढुङ्गा नपर्ने हुँदा करको दायरामा परेको मान्न नमिल्ने सिद्धान्तलाई पूर्ण इजलासको बहुमतले अमान्य घोषित गरेको हो ।

सर्वोच्चको बहुमतको रायमा खानी तथा खनिज पदार्थ नियमावली अनुसार चुनढुङ्गा र ढुङ्गा दुवै खनिज भएपनि एकै वस्तु मान्न नमिल्ने व्याख्या छ ।

यस्तै एक जिल्लाबाट अर्को जिल्लामा निकासी भएकै आधारमा पुनः कर लगाउनु कानुनसम्मत नहुने व्याख्या अदालतको छ ।

विधायिकी अङ्गको स्वीकृतबिना संविधान र कानूनविपरीत हुने गरी स्थानीय निकायलाई करको अधिकार नभएको व्याख्या सर्वोच्चको छ ।

पूर्ण इजलासमा न्यायाधीश हरिप्रसाद फुयाँलले भने फरक राय लेखेका छन् । स्थानीय निकायले लगाउने करले मान्यता पाउने फुयालको फरक रायमा उल्लेख छ ।

चुनढुङ्गाको स्वतन्त्र अस्तित्व रहेकाले कच्चा पदार्थमा कर नै लगाउन नपाइने भन्नु कर कानून, यसका सिद्धान्त र विश्वबजार व्यवस्थामा लगाइएका थुप्रै करको वैधतामा नै प्रश्न हुने फुयाँलको राय छ ।

Page Views: 26
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama