Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आज विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दै

- shuvadmin / सोमबार, मङि्सर १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, विराटनगरमा आज नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ‘एकता सन्देश सभा’ आयोजना गर्दैछ।

सातै प्रदेशमा एकताको सन्देश पुर्‍याउने अभियानअन्तर्गत कोशी प्रदेशमा यो सभा तय गरिएको हो।

जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुला मैदानमा दिउँसो १२ बजेदेखि सभा शुरु हुने नेकपाका स्थानीय नेताहरूले बताएका छन्।

उनीहरूले करिब १० हजार समर्थक सहभागी हुने दाबी गरेका छन्।

सभामा नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही, र गण्डकीको पोखरामा सभा सम्पन्न गरिसकेको छ।

कर्णाली प्रदेशस्तरीय सभा भने सुर्खेतको वीरेन्द्रनगरमा मंसिर १८ गते हुने भनिएकोमा स्थगित भइ अब मंसिर २७ गते हुने भएको छ।

Page Views: 77
संबन्धित शिर्षकहरु
सन्तोष साह हाजिरी जमानीमा छुटे
नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न
ताजा अपडेट
  • सन्तोष साह हाजिरी जमानीमा छुटे
  • नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
  • मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न
  • आज कुन राशिको राशिफल कस्ताे
  • सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
  • ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
  • आज केहि स्थानमा पानी पर्ने
  • परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama