Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झिनो अंकले घट्यो सेयरबजार

- shuvadmin / मङ्गलबार, मङि्सर १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको तेस्रो कारोबार दिन आज सेयरबजार झिनो अंकले घटेको छ ।

आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०२ प्रतिशत अर्थात ०.५३ अंकले घटेर २ हजार ६६४.७० विन्दूमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले घटेर ४५३.९९ विन्दूमा सीमित बनेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर ४ अर्ब ४८ करोड १३ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो ।

व्यापार समूह आज सर्वाधिक अर्थात ०.७५ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.१७, फाइनान्स ०.२७, हाईड्रो ०.७०, उत्पादन तथा प्रशोधन ०.५१, म्युचुअल फण्ड ०.२५, निर्जीवन बीमा ०.२६ र व्यापार समूह ०.७५ प्रतिशतले बढ्यो । अन्य समूह पनि आज ०.०७ अंकले बढ्यो ।

आज होटल समूह सर्वाधिक अर्थात ०.६२ प्रतिशतले घट्यो । बैंकिङ समूह ०.५८ प्रतिशत, लगानी ०.०४, जीवन बीमा ०.५७ र लघुवित्त ०.०६ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनियन हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३१ करोड ८१ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै माउन्टेन इनर्जीको २२ करोड ९४ लाख, ङादी ग्रुप पावरको १६ करोड १६ लाख, ग्रीन भेन्चर्सको ११ करोड ११ लाख र युनाइटेड मोदीको १० करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

आज सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी,माबिलुङ इनर्जी, बुङ्गल हाईड्रो र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै रसुवागढी हाईड्रोपावरको सेयरमूल्य ८.६१ प्रतिशत, विकास हाईड्रोको ६.४८ र दरमखोला हाईड्रो इनर्जीको सेयरमूल्य ६.२७ प्रतिशतले बढ्यो ।

यो दिन ग्रीन भेन्चर्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.८५ प्रतिशतले घट्यो । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य पनि आज ३.८८ र पोखरा फाइनान्सको सेयरमूल्य २.५० प्रतिशतले घट्यो ।

Page Views: 98
संबन्धित शिर्षकहरु
मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु
नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ६२ करोड
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama