Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, जेठ ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जगदुल्ला हाइड्रोपावरले १२४ मेगावाटको दोस्रो जलविद्युत आयोजना बनाउने

- shuvadmin / बुधबार, मङि्सर १८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल विद्युत प्राधिकरणले स्थापना गरेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो जलविद्युत आयोजना बनाउने भएको छ।

कम्पनीले हाल १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलासय आयोजना निर्माण शुरु गरेको छ।

कम्पनीले अब १२४ मेगावाटको जगलदुल्ला ए अर्धजलासय जलविद्युत आयोजना बनाउन लागेको हो। कम्पनीले सेमी क्यासकेड परियोजनाको रुपमा दुई आयोजना विकास गर्ने भएको छ।

आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयारीको लागि क्षेत्र निर्धारण गर्न लागेको छ।

प्रस्तावित आयोजना कर्णाली प्रदेश, डोल्पाको मुड्केचुला गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको छ।

गत साउनमा क्षेत्र निर्धारण सम्बन्धि सार्वजनिक सूचना प्रकाशित भई परिचालन गरिएकोमा रुकुम पश्चिममासमेत संलग्न गर्नु पर्ने भएकोले सो जिल्लालाई लक्ष्य गरेर यो पूरक इआइ गर्न लागेको कम्पनीले जनाएको छ।

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर

यसका लागि मुड्केचुला गाउँपालिकाको वडा नं. ४ स्थित इलमा रहेको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको टेलरेस सुरुङबाट निस्केको पानी जगदुल्ला ए जलविद्युत आयोजनाको हेडरेस सुरुङले प्रयोग गर्ने प्रस्ताव गरिएको छ।

फेदी खोलाको पानी पनि आयोजनाले प्रयोग गर्ने भएको छ। आयोजनाका लागि चाहिने जगदुल्ला नदीको पानी प्रयोग गर्न १९ मिटर अग्लो बाँध बनाइने भएको छ।

बाँधका कारण नदीमा करिब एक लाख २८ हजार १४५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको आठ लाख २० हजार घन मिटर क्षमताको जलाशय बन्नेछ।

३०.६ घन मिटर प्रति सेकेन्डको वहाव प्रयोग गरी वार्षिक ७० करोड ८२ लाख ६ हजार युनिट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको छ।

त्रिवेणीबाट करिब ५ किलोमिटर टाढा रहेको जमिनमुनि बनाइने विद्युतगृहमा पानीलाई तीन वटा टर्वाइनमा खसाली विद्युत उत्पादन गरिने कम्पनीले जनाएको छ।

आयोजनाबाट उत्पादित विद्युत प्रसारणका लागि विद्युत गृहबाट करिब ३४ किलोमिटर लामो प्रसारण लाईन मार्फत दानीपिपल, रुकुम पश्चिममा स्थित ४०० केभीको नलगाड हब सबस्टेशनमा जोडिने योजना छ।

परमार्शदाताको रुपमा इआरएमसी श्रेष्ठ कन्सल्टेण्ट ग्रीड जेभीले परामर्शदाताका रुपमा काम गरिरहेका छन्।

१०६ मेगावाट क्षमताको जगदुल्ला आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ।

जगदुल्ला हाइड्रोपावर र जेसीईरएएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको छ।प्रवद्र्धक कम्पनी र जेसीईरएएनके जेभीबीच १२ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्माण सम्झौता भएको हो।

प्रवद्र्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका बोलपत्रको सूचना प्रकाशित गरेको थियो।

सो सूचनामा विभिन्न सात कम्पनीले प्रारम्भिक प्रस्ताव दर्ता गरेको भएपनि कुनै कम्पनी छनोट हुन सकेको थिएन।

दोस्रो पटकको सूचनामा दुई कम्पनी ग्राह्य भएका थिए । त्यसमध्ये सबैभन्दा कम बोलपत्र प्रस्ताव गर्ने जेसीईरएएनके जेभी योग्य भएको हो।

आयोजनाका नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरण सम्बन्धी सम्झौता भएको थियो। सम्भौताअनुसार, नबिल बैंकले चार अर्ब ४० करोड लगानी गर्ने भएको छ।

यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्नेछन्।

आयोजनामा एचआइडीसीएल र कर्मचारी सञ्चय कोषले समान चार चार अर्ब लगानी गर्ने छन भने लक्ष्मी सनराइज बैंकले दुई अर्ब र एभरेस्ट बैंकले एक अर्ब ५० करोड बराबर लगानी गर्नेछ।

आयोजना निर्माणका लागि २३ अर्ब बराबर लाग्ने अनुमान छ । त्यसमध्ये १६ अर्ब ऋण र सात अर्ब भने स्वपूँजीबाट जुटाइएको छ।

निर्माण सुरु भएको पाँच वर्षमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

Page Views: 62
संबन्धित शिर्षकहरु
पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
सुनचाँदीको मूल्य घट्याे
ट्राफिकले एकैदिन उठायाे २० लाख बढि राजस्व
ताजा अपडेट
  • माइतीघरमा धर्नामा बसेका सुजन घर फर्किए
  • कांग्रेसकाे सदस्यता वितरणको म्याद थप
  • उद्घाटन खेलमा मेक्सिकाे दाश्राे खेलमा दक्षिण कोरिया विजयी
  • प्रतिनिधिसभाकाे बैठक बस्दै
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama