Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काँग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाउने

- shuvadmin / बिहिबार, मङि्सर १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली काँग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ ।

केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रस्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरूलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो ।

‘राष्ट्रियसभामा हाल बहाल रहेका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन’ परिपत्रमा भनिएको छ, ‘प्रदेशसभामा हाल बहाल रहेका प्रदेशसभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।’

यसअघि १० बुँदे मापदण्डसहित पठाएको परिपत्रमा ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख छ ।

यस्तै, ०७९ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्ति, प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरूलाई समेत काँग्रेसले उम्मेदवार बन्न रोकेको छ ।

Page Views: 28
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama