Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस पनि प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा,गैरसंवैधानिक रूपमा संसद् भंग गरिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर

- shuvadmin / सोमबार, मङि्सर २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालको वर्तमान राजनीतिक संक्रमण फेरि एकपटक संसदीय व्यवस्थाको मर्म र संविधानको आत्मालाई लिएर विवादित बनेको छ ।

संसद् विघटनको निर्णयलाई असंवैधानिक भन्दै नेपाली कांग्रेससमेत सर्वोच्च अदालत पुगेपछि देशको सत्ता–समीकरण, राजनीतिक स्थिरता र संवैधानिक अभ्यास पुनः बहसको केन्द्रमा आएको छ ।

यसअघि नै नेकपा एमालेले संसद् पुनःस्थापनाको मागसहित रिट दायर गरिसकेको छ । जुन अहिले बिचाराधीन छ ।

दुवै ठूला दलले अदालतको ढोका ढकढक्याएसँगै राजनीतिक संकट अब न्यायालयको परिधिभित्र प्रवेश गरेको छ ।

जेन–जी आन्दोलनका नाममा भड्किएको हिंसात्मक घटनापछि राष्ट्रिय परिस्थिति असामान्य भएको दाबी गर्दै नागरिक सरकार गठनको बाटो खोलिएको थियो ।

भ्रष्टाचार, असमानता र अन्य सामाजिक मुद्दामा सुरु भएको आन्दोलन देशव्यापी अस्थिरतामा परिणत भएपछि राजनीतिक नेतृत्वले ‘राष्ट्रिय सहमतिको’ नाममा वैकल्पिक संरचनाको खोजी गरेको भन्दै नयाँ सरकार गठन गरिएको थियो ।

यही बहानामा निवर्तमान सरकारका नेतृत्वले संसद् विघटन गर्दै नयाँ राजनीतिक व्यवस्थापनको मार्ग बनाएको थियो ।

संविधानले स्पष्ट रूपमा उल्लेख गरेको आधार र प्रक्रियालाई बेवास्ता गरी संसद् विघटन गरिएको आरोप लाग्दै आएको छ ।

संसद् विघटनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा ‘नागरिक सरकार’ गठन गरिएको थियो ।

तर, यस्तो संरचना संविधानभन्दा माथि राखेर बनाइएको भन्दै दलहरू असन्तुष्ट बनेका थिए ।

संसद् विघटनको विषयमा लामो समय दर्शक बनेको कांग्रेस अन्ततः सर्वोच्च अदालत पुगेको छ ।

पार्टीका वरिष्ठ नेता तथा सांसदहरूले ‘संविधानको धारा ७६ को स्पष्ट प्रावधानविपरीत गैरसंवैधानिक रूपमा संसद् भंग गरिएको’ दाबी गर्दै रिट दायर गरेका छन् ।

कांग्रेसका तर्फबाट दर्ता गरिएको रिटमा भनिएको छ– ‘वर्तमान संविधानले प्रधानमन्त्री नियुक्ति र संसद् विघटनका लागि कडा प्रक्रिया र सर्तहरू तोकेको छ ।

तर, कार्यकारीले मनपरी व्याख्या गर्दै राष्ट्रिय संकटको नाममा संविधानमाथि हस्तक्षेप गर्ने दाउ खेल्यो, जुन पूर्ण रूपमा असंवैधानिक छ ।’

कांग्रेस मुख्यालयका अनुसार यो कदम पार्टीभित्र लामो छलफलपछि उठाइएको हो ।

शुरुवातमा कांग्रेसले आन्दोलनको तीव्रता र सुरक्षा चुनौतीका कारण तत्काल अदालत जाने कि नजानेबारे द्विविधा राखेको थियो ।

तर, सरकार गठन प्रक्रियामा शक्ति समीकरण बदलिएको र असंवैधानिक मिसनलाई वैधता दिन खोजिएको महसुस भएपछि न्यायालयको सहारा लिन बाध्य भएको दाबी गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा गठन गरिएको नागरिक सरकारलाई कतिले ‘संकट व्यवस्थापन’को उचित प्रयास भनेका छन् भने कतिले ‘असंवैधानिक शक्ति प्रयोग’को उपजका रूपमा व्याख्या गरेका छन् ।

संविधानले प्रधानमन्त्री पदको वैकल्पिक व्यवस्था स्पष्ट रूपमै दलहरूको समर्थन, संसद्को बहुमत र प्रक्रियागत पारदर्शितामा आधारित छ ।

तर, यहाँ संसद् नै विघटन भइसकेपछि नागरिक सरकार गठन गरिएको छ, जसले प्रक्रियागत वैधताको प्रश्न उठाएको छ ।

सर्वोच्च अदालतमा दायर भएका दुवै रिटहरूले अदालतलाई संवैधानिक व्याख्याको कठोर मोडमा पु¥याएको छ ।

न्यायालयले अब संसद् विघटन, नागरिक सरकार गठन र नयाँ प्रधानमन्त्री नियुक्ति सबै प्रक्रियाको संवैधानिकता परीक्षण गर्नुपर्नेछ ।

संविधानविद्हरू भन्छन्– ‘यो मुद्दा केवल संसद् विघटनसम्म सीमित छैन । यसले नेपालको लोकतान्त्रिक अभ्यास, शक्तिको सीमांकन र संवैधानिक सर्वोच्चताको भविष्य निर्धारण गर्नेछ ।’

यता, नागरिक सरकारका पक्षधरहरूले भने ‘राजनीतिक दलहरूको अक्षमता’ देखाउँदै आफ्नो संरचनालाई वैध ठहर गर्न प्रयास गरिरहेका छन् ।

अब नेपालको संविधानले आफूलाई कसरी प्रमाणित गर्छ, यो प्रश्नको उत्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले गर्ने अपेक्षा गरिएको छ ।

Page Views: 26
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama