Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, जेठ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो

- shuvadmin / मङ्गलबार, मङि्सर २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको तेस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ ।

आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२८ प्रतिशत अर्थात ७.३९ अंकले बढेर २ हजार ६१४.०७ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ४४७.०५ विन्दूमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अघिल्लो दिन भने ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये ९ वटामा हरियाली छायो भने ४ वटामा रातो पोतियो ।

आज होटल समूह सर्वाधिक अर्थात ०.८८ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.३१ प्रतिशत, फाइनान्स ०.४०, हाईड्रो ०.८४, लगानी ०.१६, जीवन बीमा ०.८२, उत्पादन तथा प्रशोधन ०.५३, म्युचुअल फण्ड ०.३७ र अन्य ०.३४ प्रतिशतले बढ्यो ।

निर्जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.१७ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१२, लघुवित्त ०.०६ र व्यापार ०.०१ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३१ करोड ९२ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै लक्ष्मी सनराइज बैंकको ११ करोड १४ लाख, राधी विद्युत कम्पनीको ९ करोड ९१ लाख, युनिभर्सल पावर कम्पनीको ८ करोड ६४ लाख र हिमालयन रि इन्स्योरेन्सको ८ करोड २८ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज स्वस्तिक लघुवित्त, माथिल्लो मैलुङखोला जलविद्युत र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै स्वेत गंगा हाईड्रोपावरको सेयरमूल्य ८.७६ प्रतिशत, सुपर मादी हाईड्रोपावरको ८.१० र भिजन लुम्बिनी उर्जाको सेयरमूल्य ७.२५ प्रतिशतले बढ्यो ।

यो दिन हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ३.८८ प्रतिशतले घट्यो ।

मिथिला लघुवित्तको सेयरमूल्य पनि आज ३.४६ प्रतिशत र कालिका लघुवित्तको ३.३२ प्रतिशतले घट्यो ।

Page Views: 52
संबन्धित शिर्षकहरु
आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
यस्ताे छ विदेशी मुद्राको विनिमय दर
आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य यस्ताे छ
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama