Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

- shuvadmin / बुधबार, मङि्सर २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरूमा जारी राजनीतिकरण अन्त्य गर्न ‘प्रधानमन्त्री नै कुलपति’ रहने व्यवस्था परिमार्जन गर्ने प्रक्रिया शुरु भएको बताएकी छन् ।

धुलिखेलमा बुधबार आयोजित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो व्यवस्था परिवर्तनका लागि सरकारले सक्रिय पहल थालेको बताइन् ।

कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्, विभिन्न विश्वविद्यालयका कुलपति–उपकुलपति तथा सरोकारवालासँग गम्भीर परामर्श भइरहेको जानकारी दिइन् ।

उनका अनुसार ऐन संशोधनमार्फत प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउने व्यवस्था गर्न सरकार लागेको छ ।

उनले भनिन्, ‘पछिल्लो समय प्रधानमन्त्री नै कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएको छ ।

शिक्षामन्त्री पुनले यस विषयमा शिक्षाविद् र विश्वविद्यालय नेतृत्वसँग निरन्तर गृहकार्य गरिरहनुभएको छ ।’

प्रधानमन्त्री कार्कीले यस्तो कदमले उच्च शिक्षामा रहेको राजनीतिकरणको परम्परा अन्त्य हुने विश्वास व्यक्त गरिन् ।

उच्च शिक्षाको सुधारमा काठमाडौं विश्वविद्यालयले देखाएको अनुकरणीय कार्यका लागि उनले प्रशंसा व्यक्त गर्दै अन्य विश्वविद्यालयलाई समेत त्यही बाटो पछ्याउन आग्रह गरिन् ।

Page Views: 26
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama