Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सहज र व्यापक ढंगबाट सदस्यता नवीकरण र वितरण गर्न कांग्रेस महामन्त्री थापाको निर्देशन

- shuvadmin / बुधबार, मङि्सर २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक गगनकुमार थापाले तल्ला तहका समितिलाई परिपत्र गर्दै पार्टीको सदस्यता नवीकरण र वितरण व्यापक र सहज ढंगबाट गर्न निर्देशन दिएका छन् ।

मंगलबार सबै जिल्लाका कार्यसमितिलाई परिपत्र पठाउँदै महामन्त्री थापाले भनेका छन्, ‘नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली र केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकोले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढङ्गले सदस्यता नवीकरण तथा वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउन हुन यो परिपत्र गरिएको छ ।’

पुस मसान्तमा १५ औं महाधिवेशन गर्ने कार्यतालिका अनुसार काम गरिरहेको कांग्रेसमा हाल क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम चलिरहेको छ ।

महामन्त्रीले थापाले पठाएको परिपत्रमा निर्धारित मितिभित्र नवीकरणको सूची केन्द्रमा पठाएपश्चात् कुनै पनि कारणबाट नवीकरण छुट हुन गएमा छुट भएका व्यक्तिको छुट्टै नामावली तयार गरी सोको निर्णय समेत आउँदो पुस ३ गतेभित्रमा अनिवार्य केन्द्रमा पठाउनू भनिएको छ ।

यसबाहेक नवीकरण गर्दा मृत्यु भएका, पार्टी परित्याग गरेका, केन्द्रीय अनुशासन समितिले अन्तिम कारबाही गरेर निष्काशन गरेका मात्र होइन ‘मेरो क्रियाशील नवीकरण नगरिदिनु भनी लिखित वा मौखिक आग्रह गरेकाहरूबाहेक’ सबै सदस्यहरूको नवीकरण अनिवार्य रूपमा गर्न पनि परिपत्रमा भनिएको छ ।

‘नवीकरणका लागि योग्य व्यक्तिको कुनै कारणले नवीकरण रोकिएमा निजले सदस्यता नं। र शुल्कसहित सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा निवेदन दिएमा केन्द्रीय कार्यालयबाट नै सदस्यता नवीकरण गर्न सक्ने निर्णय भएको हुँदा कसैको पनि नवीकरण नरोक्ने गरी आवश्यक व्यवस्था र मातहतका समितिमा समन्वय गर्नू गराउनू होला,’ परिपत्रमा भनिएको छ ।

Page Views: 29
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama