काठमाण्डू, साताको चौथो कारोबार दिन आज सेयरबजार सामान्य अंकले घटेको छ ।
आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.३० प्रतिशत अर्थात ७.८६ अंकले घटेर २ हजार ६०६.२० विन्दूमा पुगेको छ ।
अघिल्लो दिन भने नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.३९ अंकले बढेको थियो ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९ प्रतिशतले घटेर ४४६.१८ विन्दूमा पुगेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ८६ लाख ४७ हजार ९४८ कित्ता सेयर ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिन भने ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूह आज ०.३९ प्रतिशतले बढ्यो ।
हाईड्रो समूह आज सर्वाधिक अर्थात ०.६६ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.०५ प्रतिशत, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल ०.१३, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२,लघुवित्त ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ र व्यापार ०.०२ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज श्रीनगर एग्रोटेकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड ३९ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै ङादी ग्रुप पावरको १७ करोड ८ लाख, युनिभर्सल पावरको ११ करोड ६१ लाख र सागर डिस्टिलरीको १० करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानलको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै लक्ष्मी लघुवित्तको सेयरमूल्य ८.७६ प्रतिशत, थ्रिस्टार हाईड्रोको ७.१४ र तेह्रथुम पावरको सेयरमूल्य २.८४ प्रतिशतले बढ्यो ।
यो दिन झापा इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ९.३० प्रतिशतले घट्यो । हिमस्टार उर्जाको सेयरमूल्य पनि आज ५.०५ र सुपर मादी हाईड्रोको सेयरमूल्य ४.५९ प्रतिशतले घट्यो ।