Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हेटौँडा उपमहानगरपालिकाद्वारा मुख्य सडक विस्तारमा ५१ वर्षअघि मुआब्जा लिएका घरहरूसमेत प्रभावित

- shuvadmin / बिहिबार, मङि्सर २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हेटौँडा, हेटौँडा उपमहानगरपालिकाले शहरका मुख्य सडकहरूको विस्तारको योजना अघि सारेको छ ।

यस योजनाअन्तर्गत सडकको मूल रेखाबाट दायाँतर्फ ५० मिटर र बायाँतर्फ २५ मिटरभित्र पर्ने सबै संरचना हटाइने भएको छ ।

यो मापदण्डभित्र २०३१ सालमा सडकका लागि मुआब्जा लिएर बनाइएका घरहरू पनि पर्नेछन् ।

करिब ५१ वर्षअघि मुआब्जा पाएको जग्गाधनीहरूले निर्माण गरेका घर तथा भवनहरू अहिले सडक विस्तारको नाममा भत्काउनुपर्ने अवस्था आएको हो ।

यस सडक विस्तारले हेटौँडा बजार क्षेत्र, राप्ती रोड, पूर्व–पश्चिम राजमार्ग खण्ड, बुद्धचोक–हुप्रचौर सडक, स्कुल रोड लगायतका मुख्य मार्गहरू प्रभावित हुनेछन् ।

सयौँ घर तथा व्यावसायिक भवनहरू भत्काउनुपर्ने अनुमान गरिएको छ । स्थानीय बासिन्दा भने यस योजनाप्रति आक्रोशित छन् ।

उपमहानगरपालिकाले प्रभावित परिवारलाई उचित मुआब्जा र पुनर्वासको व्यवस्था गर्ने आश्वासन दिएको छ ।

तर, मुआब्जा दर र प्रक्रिया अहिलेसम्म औपचारिक रूपमा तय भएको छैन । आगामी दिनमा यो विषयले ठुलो विवाद निम्त्याउने देखिएको छ ।

Page Views: 56
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama