Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकार र जेनजीबीच भएको सहमति फजुल कागज हो : केपी ओली

- shuvadmin / बिहिबार, मङि्सर २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओलीले बुधबार सरकार र जनेजीबिच भएको १० बुँदे सहमतिलाई फजुल कागजको संज्ञा दिएका छन्।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले एमालेले उक्त सहमतिलाई मान्यता दिने कुरा नहुने बताए। उनले सहमतिलाई सरकार र जेनजीबिच भद्दा नाटक भएकोसमेत बताए।

‘हामीले त्यस्ता फजुल कागजलाई मान्यता दिने भन्ने कुराको प्रश्नै उठ्दैन। फजुल कागज हो त्यो। यो कलाविहीन भद्दा नाटक हो’, ओलीले भने।

उनले यस सरकारलाई अहिलेको प्रणाली, अहिलेको व्यवस्थाकाबारेमा कुरा गर्ने म्यान्डेटनै नभएको बताए।

यो सरकारले प्रणालीकाबारे, व्यवस्थाकाबारे, के-काबारे कहाँबाट म्यान्डेट पायो जनताबाट ? कसैले भोट हालेको छ ? चुनेको छ ? ’, उनले प्रश्न गर्दै भने ‘यो सरकार गोबर लगाएर टाँसेको होइन ? कसले टाँस्यो थाहा छैन।’

सरकार र जेनजीबीच भएको सहमति फजुल कागज रहेको त्यतिबेलै जेनजीहरूले नै च्यातेर अस्वीकार गरेकोसमेत उनले बताए।

त्यस्तो सरकारले को-को बोलायो। कसलाई कागज थमायो। यो कागज लिएर आउ भन्यो।

रिहलसलमा सिकाएको बोल्दै जाँदा केटाकेटीले बिगारे। जे सिकाएको थियो बोल्दै जाँदा पाठ बिग्रियो क्या त्यहाँ। त्यहीँ अस्वीकार भयो। उनीहरूले नै च्याते त्यहाँ’, उनले भने।

२३ र २४ भदौका दिन भएको जेनजी आन्दोलनले ओली तात्कालीन प्रधानमन्त्रीबाट सत्ताच्यूत भएका थिए। उनले संसद पुनस्स्थापना हुनुपर्नेसमेत बताए।

Page Views: 75
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama