Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आन्दोलनमा स्वार्थ समूहको प्रवेशले दुः खद् परिस्थिति बन्यो : अध्यक्ष ओली

- shuvadmin / शनिबार, मङि्सर २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओलीले निहीत स्वार्थ बोकेको अराजक तत्वले भदौ २३ को आन्दोलन भड्काएको बताएका छन् ।

एमालेको ११औं महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरको सल्लाघारीमा सम्बोधन गर्दै ओलीले युवा विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनलाई भड्काउँदा असामान्य परिस्थिति उत्पन्न भएको बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीले भदौ २३ को घटना सम्झिँदै भने– सामाजिक सञ्जाल बन्द गर्ने होइन, नियमन गर्ने मात्र हाम्रो चाहना थियो ।

नवयुवाले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने बचन दिएका थिए । प्रशासनले अनुमति पनि दिएकै थियो ।

तर, दुस्खको कुरा त्यो कार्यक्रममा घुसपैठ भयो । विभिन्न स्वार्थ समूहरू प्रवेश गरे ।

अनि हिंसा र तोडफोड त के फूलको हाँगा पनि भाँच्दैनौं र निषेधित क्षेत्र तोड्दैनौं भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद् भवनमा तोडफोड र आगजनी गरेर दुरुत्साहन गर्ने तथा त्यसैका आडमा आफ्नो निहीत स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीहरूको ज्यान जाने दुस्खद् एवं अकल्पनीय परिस्थिति सिर्जना भयो ।

उनले भदौ २३ र २४ को घटनाका सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे ।

ुभदौ २३ गते गोली लागेर ज्यान गुमाएका युवा, भदौ २४ गते अराजक भीडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, ओलीले भने ।

Page Views: 77
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama