Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

समानुपातिकतर्फ त्रिचालिस दलले भाग नलिने

- shuvadmin / आइतबार, मङि्सर २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दल दर्ता गराएका १४ वटा दलले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने भएका छन् ।

आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या १४३ छ । प्रत्यक्षतर्फ २९ र समानुपातिकतर्फ ४३ वटा दलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा भाग नलिने भएका हुन् ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलको अन्तिम नामावली सार्वजनिक गर्दा प्रत्यक्षतर्फ दल दर्ता गराएका १४ वटा दलले समानुपातिकतर्फ निवेदन नै दिएनन् ।

२९ वटा दलले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ निवेदन दिएका छैनन् ।

आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार दल दर्ताका लागि एक सय वटा दलबाट ९३ वटा निवेदन परेकोमा सबै निवेदन स्वीकृत भएका छन् ।

१२ वटा दलले पाँच समूहमा एकल चुनाव चिह्न पाएका छन् । ८८ वटा दलले एक्लै प्रतिस्पर्धा गर्ने छन् ।

आयोगले दर्ता स्वीकृत भएका दललाई निर्वाचन चिह्नसमेत प्रदान गरेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११४ दलको १०७ वटा निर्वाचन चिह्न प्रयोग हुने गरी दर्ता स्वीकृत भई निर्वाचन चिह्न प्रदान गरिएकोमा समानुपातिकतर्फ निर्वाचन चिह्न लिने दलको सङ्ख्या ९३ कायम भएको हो ।

चर्चितमध्ये विवेकशील साझा पार्टीले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने छैन ।

दर्ता स्वीकृत भई निर्वाचन चिह्न पाउनेमा विघटित प्रतिनिधिसभाका ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायतले समानुपातिकतर्फ भाग लिने छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार आयोगले शुक्रबार दलको दर्ता स्वीकृत गरी निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम थियो ।

निर्धारित निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अबको दुई साता समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दललाई उम्मेदवारको बन्दसूची पेस गर्नका लागि तयारी समय दिइएको छ ।

जस अनुसार पुस १३ र १४ गते दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने छन् ।

यसरी पेस भएका बन्दसूचीमाथि निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरी आवश्यकता अनुसार सच्याउन दलहरूलाई सूचना दिने छ ।

दलहरूले पुस २१ देखि २७ गतेसम्म बन्दसूची संशोधन गरी पेस गर्ने छन् ।

उम्मेदवारले नाम फिर्ता लिने, दाबी विरोधलगायतका कार्यक्रम हुँदै आयोगले माघ २० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम राखेको छ ।

Page Views: 90
संबन्धित शिर्षकहरु
इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
ताजा अपडेट
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
  • पृथ्वी राजमार्गकाे वैकल्पिक मार्गमा यातयात सञ्चालनमा राेक
  • आज सार्वजनिक बिदा
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama