काठमाण्डू, एमाले अध्यक्ष केपी ओलीले पार्टीमा पदाधिकारी संख्या र केन्द्रीय कमिटीको आकार बढाउन प्रस्ताव गरेका छन्।
भृकृटीमण्डपमा जारी केन्द्रीय कमिटिको बैठकमा ओलीले आफ्नो टिम व्यवस्थापनको सुविधाका लागि पदाधिकारी संख्या र केन्द्रीय कमिटिको आकार बढाउन प्रस्ताव गरेका हुन्। पार्टीको ११औँ महाधिवेशन शनिबार उद्घार भएको छ।
आइतबारदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकमा ओलीले महाधिवेशन हलबाट अनुमोदन गर्न पदाधिकारी र केन्द्रीय कमिटी संख्या बढाउन प्रस्ताव गरेका हुन्।
गत भदौमा भएको विधान महाधिवेशनले गरेको संशोधन गरेको थियो। त्यसलाई ओलीले उल्ट्याउने प्रस्ताव गरेका हुन्।
विधान महाधिवेशनले पार्टीको १९ सदस्यीय पदाधिकारीलाई १५ मा झार्ने, केन्द्रीय कमिटीको संख्या घटाउने निर्णय गरेको थियो।
जसमा एक अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, ७ सचिव रहने व्यवस्था गरेको छ।
केन्द्रीय कमिटीको संख्या २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको हुने व्यवस्था छ। त्यसलाई ओली पक्षले ३०१ बनाउने तयारी गरेको छ।
तेस्रोपटक अध्यक्षको आकांक्षी केपी ओलीको टिम व्यवस्थापनका लागि आकार बढाउने प्रस्ताव गरेपछि ईश्वर पोखरेल पक्षले आपत्ति जनाएको छ।
उनीहरुले फेरि विधान संशोधन गर्ने हो भने ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान पनि ब्युत्याउनुपर्ने काउण्टर प्रस्ताव गरेका छन्।