Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

- shuvadmin / बुधबार, पुष ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया शुरु भएको छ ।

अध्यक्ष पदका प्रत्यासीहरू केपी ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा परीक्षण मतदान गरेसँगै महाधिवेशन प्रतिनिधिहरूका लागि मतदान खुला गरिएको हो ।

भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा बिहानैदेखि हजारौँ प्रतिनिधिहरू लामवद्ध भएका छन् ।

प्राविधिक कारणले पटक–पटक सारिएको मतदान मङ्गलबार राति अबेरसम्म पनि शुरु हुन नसकेपछि बुधबार बिहानका लागि सारिएको थियो ।

निर्वाचन आयोगले ८० वटा विद्युतीय मेसिनको व्यवस्था गरेको छ भने भीड व्यवस्थापनका लागि एकपटकमा ५० जना मात्र मतदान कक्षमा प्रवेश गर्ने र महिला–पुरुष छुट्टै लाइनको व्यवस्था मिलाइएको छ ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ नेता पोखरेलबिच प्रतिस्पर्धा छ । दुवै नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

कुल दुई हजार दुई सय ६३ जना महाधिवेशन प्रतिनिधिले ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि मतदान गर्दैछन् ।

केही पदमा निर्विरोध चयन भइसकेको छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने र नयाँ नेतृत्व घोषणा हुने अपेक्षा गरिएको छ ।

महाधिवेशन स्थलमा विभिन्न प्यानलका समर्थकहरूले नारा लगाउँदै अन्तिम मत माग्ने क्रम जारी छ ।

यस महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई प्राथमिकता दिएको छ ।

Page Views: 26
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama