Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मधेश प्रदेशका उपसचिव र शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा

- shuvadmin / बिहिबार, पुष ०३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रौतहट, मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका ९ मन्त्रालयसहित १८ वटा कार्यालयमा गरेको छडके अनुगमनमा दुई उपसचिव, ४१ शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा परेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालय मधेश प्रदेशका निमित प्रमुख सचिव रामकुमार महतोको निर्देशनमा मङ्गलबार र बुधबार कर्मचारीको उपस्थिति र पोषाकको छड्के निरीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालय जनकपुरधामका शाखा अधिकृत बिद्या तामाङ्गले जानकारी दिए ।

पुस १ गते गरिएको निरीक्षणमा ४८ जना र पुस २ गते गरिएको निरीक्षणमा २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेको उनले बताए ।

प्रदेश सरकारका मन्त्रालयहरु तथा मातहतका निर्देशनालय, कार्यालयमा कर्मचारीहरू जानकारी बिना अनुपस्थित रहने, सेवाग्राहीको सेवा प्रवाहमा ढिला सुस्ती गर्ने जनगुनासो बढेपछि टोलि परिचालन गरेर छडके निरीक्षण गर्नु परेको निमित प्रमुख सचिव महतोले जानकारी दिए ।

खेलकुद तथा समाज कल्याण मन्त्रालयका नौ जना, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका चार जना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तीन जना, शिक्षा तथा संस्कृति मन्त्रालयका पाँच जना, गृह सञ्चार तथा कानुन मन्त्रालयका एक जना, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका आठ जना, वन तथा वतावरण मन्त्रालयका ६ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयका पाँच जना, उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयका तीन जना गरी ४४ जना कर्मचारी तथा प्रदेश मातहतका अन्य कार्यालयका २८ जना कर्मचारी कारबाहीमा परेको मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालय जनकपुरधामले जनाएको छ ।

कारबाहीमा परेकामध्ये पुरुष कर्मचारी ५५ जना तथा महिला कर्मचारी १७ जना रहेका छन् ।

कारबाहीमा उपसचिव दुई जना, शाखा अधिकृत ४१ जना, नायब सुब्बा १६ जना, खरिदार चार जना, सवारी चालक तीन जना र कार्यालय सहयोगी ६ जना रहेका छन् ।

पूर्व स्वीकृति बेगर अनुपस्थित रहेका ३४ जना तथा पोषाक नलगाएका ३८ जना कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी सो जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालय मधेश प्रदेशलाई गराउन सम्बन्धित निकायमा कर्मचारीको विवरणसहित पत्राचार गरिएको निमित प्रमुख सचिव महतोले जानकारी दिए ।

कर्मचारीको छडके निरीक्षण कार्यलाई निरन्तरता दिई मधेश प्रदेशका बाँकी अन्य सात वटा जिल्लामा समेत टोली खटाइने उनले बताए ।

यस बाहेक सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन सेवा प्रवाह र विकास निर्माण कार्यको समेत नियमित रुपमा निरीक्षण र अनुगमन गरिने उनले भने ।

Page Views: 20
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama